असार २, २०८२ सोमबार

प्रहरीको गोली लागेकी रेविकाले गृहमन्त्रीलाई भनिन्- मेरो भविष्य सुनिश्चित होस्



काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका घाइतेसँग भेट गरेका छन् ।

उनले घटनाको १२ दिनपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर घाइतेका परिवारसँग भेट गरेका हुन् ।

सो क्रममा गृहमन्त्री लेखकले प्रहरीको गोली लागेकी उदयपुरकी २२ वर्षीया रेविका खत्रीसँग पनि भेट गरे । सो दिन प्रहरीले प्रदर्शनकारीलाई चलाएको गोली लागेर कोटेश्वर नजिकै खत्री गम्भीर घाइते भएकी थिइन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार दिउँसो आफूलाई भेटेका गृहमन्त्री लेखकलाई रेविकाले आफ्नो भविष्य सुनिश्चित गरिदिन आग्रह गरेकी छिन् ।

‘मेरो फ्युचर सेक्युयर गरिदिनुस्,’ भेट्न पुगेका गृहमन्त्री लेखकलाई रेविकाले भनिन् । गृहमन्त्री लेखकले सरकारको तर्फबाट आवश्यक कदम चाल्ने आश्वासन दिए ।

साथै, उनले घाइतेको उपचार सबै सरकारले गरिरहेको बताउँदै अस्पतालको सबै बिल उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।