काठमाडौं। सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, १५७ को उपधारा (२) बमोजिम मिति २०८२ भदौ २९ गते सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरिएको छ।”
यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए। भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन्। उनी पूर्वसूचना आयुक्तसमेत हुन्। यो सँगै मुलुकले पहिलोपटक महिला महान्यायाधिवक्तामा पाएको छ । पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्