बैशाख १४, २०८१ शुक्रबार

सीता दाहाललाई उपचारका लागि भारत लगिने, पत्नीको उपचारमा प्रचण्ड आफै जाने



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीताको उपचारका लागि भारतको मुम्बई लगिने भएकाे छ ।

मेडीसिटी अस्पताल उपचाररत सीताको स्वास्थ्यमा सुधार नआएपछि सोमबार भारत लैजान लागेको अध्यक्ष प्रचण्डका नातेदार नेकपा नेता बुद्धि जिसीले बताए ।

पार्किन्सन्स रोगबाट पीडित उनको गत बुधबारदेखि मेडीसिटी अस्पताल भर्ना गरेर उपचार भइरहेको छ ।

प्रचण्ड माधव पक्षको आइतबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले सीताको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जानुपर्ने भएकोे जानकारी गराएका थिए ।