बैशाख ९, २०८१ आईतबार

महिला संघ महाधिवेशन : तयारी पूरा



२६ भदौ, काठमाडौं । भदौ २९ गतेदेखि काठमाडौंमा हुने नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले महाधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ ।

‘शसक्तिकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ महिला संघले भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा तेस्रो महाधिवेशन  गर्न लागेको हो ।

आइतबार रिपोर्टर्स क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष डा. डीला संग्रौलाले तोकिएको समयमा महिला संघको महाधिवेशन गर्नका लागि सबै तयारी पूरा भएको जानकारी दिइन् ।

बिबादका कारण लामो समयदेखि महाधिवेशन हुन नसकीरहेका बेला महिला संघले भदौ २९ गते मधिवशनको तयारी पूरा भएको जनाएको छ ।

महिला संघको महाधिवेशनमा करीव २ सय महिला प्रतिनिधि सहभागी हुने प्रवक्ता निर्मला क्षेत्रीले बताइन् । उनले प्रतिनिधिहरुका लागि खानेपानी, बसोबास, स्वास्थ्य परीक्षणदेखि आधारभूत सबै तयारी गरिएको समेत उल्लेख गरिन् ।

भदौ २९ गते भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाले महिला संघको तेस्रो महाधिवेशन उदघाटन गर्नेछन् । बन्दसत्र भदौ ३० गते भृकुटीमण्डपमै हुनेछ । भदौ ३१ गते नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा मतदान गर्ने कार्यक्रम छ ।