बैशाख १४, २०८१ शुक्रबार

एउटै जिल्लामा ५ सय ३४ जना महिला उम्मेदवार, प्रमुख पदमा एकजना मात्र



Gulmi

गुल्मी – स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा एउटै जिल्लाबाट ५ सय ३४ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रीएका छन् । पाँच नम्बर प्रदेश अन्तरगत पर्ने गुल्मी जिल्लाका १२ स्थानीय तहका लागि उल्लेख्य महिलाले उम्मेदवारी दिएका हुन् ।

कुल उम्मेदवारहरु मध्ये ८ सय ५२ जना पुरुष उम्मेदवार छन् । गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधीहरुका लागि एक हजार ३ सय ८६ जनाले चुनावी प्रतिस्पर्धा गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।

२ नगर र १० गाउँपालिका रहेका गुल्मीमा प्रमुख पदमा भने जम्मा एकजना महिला उम्मेदवार छन् । ईश्मा गाउँपालिकामा माओवादी केन्द्रले विमला थापालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको हो । प्रमुख पदका लागि बाँकी ५८ जना पुरुष उम्मेदवार छन् ।
उपमेयर तथा उपाध्यक्षका लागि ४७ जना उम्मेदवार मध्ये ३४ जना महिला छन् । प्रमुख उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य भनेपनि प्रमुख पदमा एकजना मात्र महिला उम्मेदवारलाई अवसर दिएका दलहरुले उपप्रमुखमा ११ जना पुरुष उम्मेदवार उठाएका छन् ।

९३ वडामा वडा अध्यक्षका लागि २ सय ९४ जनाको उम्मेदवारी परेकोमा १५ जना महिला उम्मेदवार चुनाव लड्दै छन् । बाँकी २ सय ८१ जना पुरुष छन् ।
५ सय ११ खुल्ला सदस्यमा भने जम्मा ९ जना महिला उम्मेदवार छन् । महिला सदस्यमा २ सय ४४ र दलित महिला सदस्यमा २ सय ३३ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा १ सय ३८ मतदान स्थल रहेका छन् । निर्वाचनको लागि नगरपालिका र गाउँपालिकाका ९३ वडाहरुमा २ सय ४० वटा मतदान केन्द्रहरु निर्धारण गरिएको छ ।