बैशाख १४, २०८१ शुक्रबार

एक वर्षमा हजार बलात्कारका घटना



rape
काठमाडौं  – एकवर्षको अवधिमा देशभर १ हजार जवर्जस्ती करणीका घटना घटेका छन् । आर्थिक बर्ष २०७३–०७४ मा एक हजार १ वटा जवरजस्ती करणीका घटना घटेको नेपाल प्रहरीले जनाएको छ ।

जवर्जस्ती करणीको घटना गत आर्थिकवर्षको भन्दा ३८ वटा बढी हो । आर्थिक वर्ष ०७२–७३ मा ९ सय ६३ वटा घट्ना घटेका थिए । त्यस्तै ०७१–७२ मा भने ९ सय ८१ वटा घट्ना घटेका थिए ।

यसैगरि, आर्थिक बर्ष २०७३–०७४ मा जर्वजस्ती करणी उद्योगमा ४ सय ८४ वटा घटना दर्ता भएका छन् । जुन २०७२–७३ को भन्दा ७२ ले बढि हो ।