बैशाख १४, २०८१ शुक्रबार

ओमनमा अलपत्र १७ दिदीबहिनी तिहार सम्झेर रुँदै



Embassy of nepal Oman
मस्कट – धेरै दिदीबहिनी दाजुभाईलाई टिका लगाउन फूलमाला र रोटी बोकेर तँछाड मछाड गर्दै काम गरीरहेका छन्, भाईटिका लगाईदिन भ्याईनभ्याई छ ।

तर सिन्धुपाल्चोकी रीता वाईवा ओमन राजदुतावासमा शरण नेपालको त्यो रमाईलो सँझदै बसीरहेकी छन् । ‘‘मलाई त १२ हजार दिर्हाममा बेचेको रे’  वाईवाले भनिन ‘नेपाल जान्छु भन्दा १२ हजार दिराम माग्छ ।’

झन्डै ५० हजार रुपैयाँ मासिक तलबको काम भन्दै कर्मा माया साङ्बो दुबई गएकी हुन् । भारतको बाटो हुँदै दुबईबाट उनलाई दलालले ओमान पु¥याएपछि त्यहिँ अलपत्र परीन अनि दुतावासको शरणमा पुगिन् ।

रीता र मायाजस्तै परीवारलाई खुसी बनाउन दुवई पुगेका १७ नेपाली दिदीबहिनी ओमनमा अलपत्र परेपछि दुतावासको शरणमा छन् । ‘‘दुबईमा भने जस्तो काम त भएन दुबई भनेर ओमान पुर्‍यायो’ कर्माले भनिन् ‘ओमानमा पनि काम भने जस्तो भएन, दुःख पाएपछि भागेर दूतावास आएकी हुँ ।’

उनीहरुलाई नेपालमा विभिन्न दलालहरुले दुबईमा काम लगाइदिने भनेर भारत र श्रीलंकाको बाटो हुँदै दुबई र ओमान पुराएका हुन् । युएई लगिएका महिलाहरुलाई पनि युएईबाट बेचेर ओमान पुर्‍याइएको हो । युएईको अजमानमा रहेका रिक्रुमेन्ट एजेन्सीहरुमा काम गर्ने नेपालीको मिलिमतोमा उनीहरुलाई मोलमोलाई गरेर ओमान पुर्‍याइएको उनीहरुले बताएका छन् ।

‘दुतावासको शरणमा रहेका  दिदी बहिनीलाई राजदूत शर्मिला ढकाल पराजुलीले दुःखी हुन नदिने बताएकी छन।  ‘तिहारमा उहाँहरुसंगै पूजाआजा गर्ने र सेलरोटी खाने, टीकाटालो गर्ने योजना छ’ राजदुत पराजुलीले भनिन् ।