बैशाख १५, २०८१ शनिबार

महिला हिंसा न्यूनीकरणका लागि निगरानी समूह



बैतडी – महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बैतडीको दोगडाकेदार गाउँपालिकामा आइतवारदेखि निगरानीसमूह गठन कार्य सुरु भएको छ । गाउँपालिकाको वडा नं ५ न्वालीवाट सुरु भएको महिला निगरानी समूह पालिकाका अन्य सबै वडामा पनि गठन गरिने जनाएको छ ।

वडा नं ५ मा हिमा कार्कीको संयोजकत्वमा २५ सदस्यीय निगरानी समूह गठन गरिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो । वडामा महिलाहरुको भेला गराएर साविकका गाविसका प्रत्येक वडावाट ३/३ महिला पर्ने गरी निगरानी समूह गठन गरिएको उहाँले बताउनुभयो ।

गाउँमा विभिन्न कारणले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय समुदायलाई नै जागरुक गराउने उद्देश्यले निगरानी समूहको अवधारणा अघि ल्याइएको हो । महिलाले पुरुष र पुरुषले महिलामाथि गर्ने हिंसामा कमी ल्याउने निगरानी समूह गठन गरिएको गाउँपालिकाले जनाएको छ ।