बैशाख १४, २०८१ शुक्रबार

बैंकमा खाता नहुँदा रोकियो सामाजिक सुरक्षा भत्ता



बैंकमा खाता नभएपछि म्याग्दीका एकल महिलालाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन समस्या भएको छ ।

कृषि विकास बैंकबाट भुक्तानी हुने रकम खाता नभएको भन्दै उपलब्ध नभएपछि मर्कामा परेको उनीहरुले बताएका छन् ।

बैंकमा खाता नभएपछि एकल महिलासंगै वृद्धवृद्धा, दलित, र अशक्तले पनि भत्ता पनि पाएका छैनन् ।

झण्डै डेढमहिनादेखि रकम हस्तान्तरण भएको छैन । बेनी नगरपालिकाले गत माघ १६ गते उनीहरुको भत्ता बैंकमा पठाए पनि बैंकबाट वितरण नभएको बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताए ।

बैंकमा दिनभरी लाइन बस्दा समस्या भएको पनि जनताले गुनासो गरेका छन् ।

बेनीमा २६५ जना एकल महिला, ५८९ जना विधवाका साथै दुई हजार १८ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँछन् ।