बैशाख १४, २०८१ शुक्रबार

साफ च्याम्पियनसिप फुटबल : नेपाल फाईनलमा



विराटनगर – नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

सहिद रंगशालामा नेपालको जितमा रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरे ।

श्रीलंकाले कडा डिफेन्सको नमुना प्रस्तुत गर्दा नेपालले अग्रताकालागि ४२ औ मिनेटसम्म पर्खन पर्‍यो ।

पुजन जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले वान टसमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

७३ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारिन् । डिबक्स भित्र अनमार्क रहेकी उनको प्रहारले सिधै पोस्टको जाली चुमेको थियो ।

८३ औ मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई ३–१ को स्थितीमा पुर्‍याएकी थिईन् ।

त्यसको तीन मिनेछ पछाडी रेखाले राष्ट्रिय टिमबाट डेब्यु गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

नेपालले फाईनलमा भारत र बंगलादेशको बिजेतासंग खेल्नेछ ।

नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक हरी खड्का

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले सेमिफाईनलको नतिजाबाट आफु सन्तुष्ट रहेको बताएका छन् ।

खेलपछि सञ्चारकर्मीसंग मुख्य प्रशिक्षक खड्काले सेमिफाईनलमा ४–० को जित राम्रो नतिजा भएको प्रतिक्रिया दिए ।

‘नतिजाबाट सन्तुष्ट छु । सेमिफाईनलमा ४–० को जित राम्रो नतिजा हो ।’ उनले भने, ‘खेलाडीके मिहेनतले जित्यौ । खेलाडीलाई बधाई छ ।’

श्रीलंकाले रक्षात्मक खेल प्रर्दशन गर्दा पहिलो हाफमा गोल निकाल्न कठिन भएको प्रशिक्षक खड्काको भनाई छ ।

‘नकआउट चरणको खेल भएकाले पहिलो हाफमा प्रयोग गरेर जोखिम उठाउन गाह्रो भयो । तर एक गोल भएपछि दोस्रो हाफमा धेरै गोल निकाल्न सफल भयौ ।’ उनले भने ।

टिमकी कप्तान निरु थापाले प्रशिक्षकको निर्देशन अनुसार खेल प्रस्तुत गरेकाले जित सम्भव भएको बताईन् ।

‘फाईनल खेल जित्दै उपाधि घरमै राख्ने विश्वास छ ।’ उनले थपिन् ।