बैशाख १४, २०८१ शुक्रबार

ओलम्पिक महिला फुटबलमा आज नेपाल र म्यानमार भिड्दै



काठमाडौं – ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १-१ गोलको बराबरी खेलेको थियो । आजको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ ।

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत छन् ।

दोस्रो खेलमा नेपालले भारतसँग ६ अपि्रलमा प्रतिस्पर्धा गर्ने छ । भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ ।

छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।