बैशाख १४, २०८१ शुक्रबार

शिक्षिका आफ्नै घरभित्रै मृत भेटिइन्, श्रीमान् फरार



काभ्रेको मण्डनदेउपुर–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको घरभित्रै शंकास्पद मृत्यु भएको छ।

स्थानीय महादेव प्राविकी शिक्षिका सरिताको बिहीबार राति घरभित्रै ‘शंकास्पद’ मृत्यु भएको हो।

शुक्रबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले शंका लागि प्रहरीलाई खबर गरेका थिए।

घरभित्र उत्तानो अवस्थामा मृत भेटिएकी सरिताको शरीरभरी निलडाम भएको प्रहरीले जनाएको छ। स्थानीयले घरपरिवारबाटै उनको हत्या भएको आशंका गरेका छन्।

सरिताका श्रीमान् सुदिप दुलाल फरार छन्। प्रहरीले मृतकको ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जोठाजु केशव दुलाल र जेठानु संगिता दुलाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।