बैशाख २५, २०८१ मंगलबार

छोरी बचाउन आत्मरक्षा तालिम



धनगढी – कैलालीको धनगढी उप–महानगरपालिकाले नगरका छोरीहरूको सुरक्षाका लागि आत्मरक्षा तालिम दिन शुरू गरेको छ ।

महिलामाथि हुने बलात्कार र जवरजस्ती करणीलगायत न्यूनीकरण गर्न तथा सचेतीकरणको लागि आत्मरक्षा तालिम शुरू गरेको हो ।

सोमवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं १४, १८ र १९ का ८ सय महिला तथा युवतीहरूलाई एउटै शिविरमा राखेर तालिम दिन शुरू गरिएको छ ।

धनगढीको फूलबारी डिपोबजार नजिकका खेल मैदानमा तालिम शुरू गरिएको जनाइएको हो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले घरेलु हिंसा र बलात्कारका घटना रोक्न आत्मरक्षा तालिम सञ्चालन गरेको बताए ।

तालिमले महिलाहरुको आत्मबल बढाएको बताउँदै उनले ठूलो संख्यामा नगरपालिकाले आफैले आत्मरक्षा तालिम दिएको पहिलो पटक भएको पनि दावी गरे ।

गत असोज महिनामा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका र राष्ट्रिय गोजुरीयो कराँते संघले २ हजार ४ सय भन्दा बढी महिलालाई आत्मरक्षा तालिम दिएको थियो ।