बैशाख १४, २०८१ शुक्रबार

जोर्डनमा ५ नेपाली महिला जेलमुक्त



जोर्डनकाे क्लासिक फेसन उद्योगमा कार्यरत नेपाली

काठमाडौँ – जोर्डनमा सहकर्मीमाथि यौनहिंसा गरेको अभियोग लागेका ५ नेपाली महिलालाई अदालतले सफाइ दिएको छ । उनीहरू एक वर्षदेखि जेलमा थिए ।

जोर्डनको क्लासिक फेसन उद्योगमा कार्यरत उनीहरूमाथि आपसी विवाद हुँदा एक नेपाली युवतीको जबर्जस्ती कपडा खोलिदिएर फोटो खिचेको अभियोग लागेको थियो ।

जोर्डन मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका कन्सुलर सुजन बिडारी अदालतको सुनुवाइमा बहस गर्न पुगेका थिए ।

‘छानबिनमा उनीहरू निर्दोष देखिए जेलबाट मुक्त हुनुपर्नेछ,’ अदालतमा उनले भनेका थिए । त्यस कम्पनीमा मात्रै झन्डै १८ सय नेपाली महिला कार्यरत छन् ।