बैशाख १४, २०८१ शुक्रबार

दुई महिने छाेरी हत्या अभियोगमा आमा पक्राउ



गुल्मी – दुई महिनाकी नवजात शिशुको हत्या अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ । 

आमाकै काखमा मृत्यु भएकाे शिशुलाई हत्या गरेको हुन सक्ने आशङ्कामा परिवारले खबर गरेपछि जुनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए ।

मृतक शिशुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शव परीक्षण र आमाको बयानसँगै थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । 

शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ ।