विदेश श्रीमान भएकी महिलालाई ५ वर्षसम्म बन्धक बनाएर बलात्कार

नारी खबर / जेष्ठ ३, २०७६ - शुक्रबार


काठमाडौं – श्रीमान् विदेश रहेका बेला एक महिलालाई घरमै आएर जबर्जस्ती गरि आफ्नै घरमा लगेर ५ वर्षसम्म बन्दी बनाएर राखेको खुलाशा भएको छ ।

यो घटना विराटनगर रानीकी ३६ वर्षीया (नाम नखुलाएकी) एक महिलाको हो । २०५७ सालमा सर्लाहीको मलंगवामा विवाह भएको उनको २ वर्षपछि छोरा र उनलाई छाडेर श्रीमान् विदशे गए पश्चात श्रीमान् विदेश रहेकै बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे।

मलंगवाका सुरेन्द्रले श्रीमती हुँदाहुँदै उनलाई घरमा बन्दी बनाएर राखेको उनले बताइन्। राजनीतिक आड पाएका सुरेन्द्रसँग गाउँका मान्छेसमेत डराउने गरेकाले आफूलाई कसैले सहयोग नगरेको उनले बताइन्। झुक्याएर श्रीमान संग समेत सम्बन्धविच्छेद गराइदिएको उनले बताइन्।

सुरेन्द्रले आफ्नो जीवन बर्बाद पार्दा पनि सर्लाहीको प्रहरी प्रशासन र सरोकारवाला निकाय मौन बसेको उनले बताइन्।

माइतीमा बस्दै आएकी उनले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा आफ्ना पीडा सुनाएकी हुन्।


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!