नारी खबर / जेष्ठ ८, २०७६ - बुधबार
वीरगंज- प्रदेश २ सरकारले निजामती सेवामा महिलालाई ५० प्रतिशत सिट सुरक्षित गर्ने व्यवस्था गर्न लागेको छ । प्रदेश निजामती सेवा सम्बन्धी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको हो । \
प्रदेशसभामा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि छलफल सकिएको छ ।
निजामती सेवालाई समावेशी बनाउन आरक्षणको व्यवस्था गरिएको मूख्यमन्त्री लालबाबु राउतले बताए । संविधानले खुला प्रतिस्पर्धामा ४५ प्रतिशत आरक्षणको व्यवस्था गरेका छ समूहमा ५० प्रतिशत सम्बन्धित समूहका महिलाका लागि आरक्षणको व्यवस्था विधेयकमा गरिएको छ ।
त्यसो हुँदा आरक्षित पदमा आउने मध्ये आधा महिला हुनेछन् । साथै आरक्षणको सुविधा भने एक व्यक्तिले एक सेवा अवधिमा एक पटक मात्र पाउनेछ ।
सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री लालबाबु राउतले छिटो कानून बनाएर आफैं कर्मचारी भर्ना गर्ने बताएका छन् ।
संघीय सरकारका कारण कर्मचारीको चरम अभाव झेल्नुपरेको भन्दै उनले भने ‘यो विधेयकलाई छिटोभन्दा छिटो पास गरौं, यसो गर्न सकिए हामी आफ्नै कर्मचारी भर्ना गर्न पाउँछौं ।’
विधेयकले प्रदेश निजामती सेवामा आर्थिक योजना तथा तथ्यांक सेवा, इन्जिनियरिङ, कृषि, प्रशासन, वन, शिक्षा र स्वस्थ्य गरेर सात सेवा समूह छुट्याइएको छ । तह भने १० तह हुनेछ ।
सहातक तेस्रो तहबाट सुरु हुनेछ र अधिकृत १२ औं तहसम्म हुनेछ । तेस्रो तहमा पूर्ण खुला प्रतिस्पर्धा हुनेछ भने बढुवामा खुलासँगै कार्यक्षमता, आन्तरिक परीक्षा र जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा निश्चित प्रतिशत हुनेछ ।
प्रदेश निजामती सेवामा नवौं तहसम्म खुला प्रतिस्पर्धाबाट प्रवेश खुला गरिएको छ ।
सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक ९तिहार०ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । तिहारको अवसरमा...
बर्दिया – श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय...
महिलाले नेतृत्व गरेको भरतपुर महानगरपालिका देशकै पहिलो बेसहारा, असहाय तथा सहयोगापेक्षी सडकमानव मुक्त भएको पहिलो महानगर घोषणा भएको छ । मुलुकको छ महानगरपालिकामध्ये...
नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो छमछमी सिजन ४’ मा विजेता हेटौँडाकी सन्ध्या आचार्य भएकी छन् । शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट...
काठमाडौ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताएकी छन । उनले सरकारले समाजमा शान्ति,सुरक्षा...
Contact: 9857064841
E-mail: narikhabar@gmail.com
Web: www.narikhabar.com
Editor: Gaganshila Khadka
नारी माथि को थिचो मिचो नारी संग आधारित बिषय बस्तु घठ्नाक्रम सम्पूर्ण नारी को अनलाईन सत्य तथ्य आवाज NariKhabar.com
© Copyright 2019 narikhabar.com All Rights Reserved.
Developed & maintained by AppBasis