बैशाख १४, २०८१ शुक्रबार

विद्यालय हिँडेकी छात्रा चारदिनदेखि बेपत्ता



काठमाडौं – काठमाडाैंकाे बसुन्धराबाट विद्यालय हिँडेकी छात्रा चारदिनदेखि हराएकी छन् ।

इलामकाे सुर्योदय नगरपालिका १ गोर्खे घर भइ काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा कक्षा ९ मा अध्ययनरत  १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि हराएकी हुन्।

मामा टेकराज खत्रीको घरमा बस्दै आएकी श्रेया सोमबार बिहान ६ बजे ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया घर नफर्किएको दिदी अनिता कटुवालले जानकारी दिइन्। 

श्रेयाको विद्यालय पोसाक र माेवाइल भने कोठामै भेटिएको छ।

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटुवाल काठमाडौं आइपुगेका छन्।

श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ।

परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबारनै जानकारी दिएको अनिताले बताइन्। 

छोरी हराएपछि तनावमा परेकी आमा लोकमाया कटुवालले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन्।