बैशाख १४, २०८१ शुक्रबार

तल्लो तहका कर्मचारीहरुलाई स्थायी गर्न पम्फा भुसालको प्रस्ताव



काठमाडौँ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद पम्फा भुसालले तल्लो तहका कर्मचारीलाई न्याय हुने गरी कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छिन् । उनले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्ने कानुनी व्यवस्था गरेर न्याय दिनुपर्ने बताइन् ।
संसद्को राज्य व्यवस्था समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धि विधेयक’का प्रावधानमाथि टिप्पणी गर्दै सांसद भुसालले माथिल्लो तहका कर्मचारीलाई मात्रै स्थायी गर्ने कुरा उचित नहुने बताइन् ।

उनले कम तलव र सेवामा काम गर्ने तल्लो तहका कर्मचारीहरुलाई पनि स्थायी गर्नुपर्ने बताइन् ।पूर्व सामान्य प्रशासनमन्त्री समेत रहेकी सांसद भुसालले विधेयकको यस प्रावधानले तल्लो तहका कर्मचारीमाथि अन्याय हुने हुँदा उक्त प्रावधान सच्च्याउन माग गरिन् । उनले कम्युटर अपरेटरलाई पनि करारमा राख्न नहुने धारणा राखिन् ।