जेष्ठ ६, २०८१ आईतबार

स्वतन्त्र र निष्पक्ष न्यायमा तलमाथि हुन दिन्नःन्यायाधीस प्रधान



०२ असोज, काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीस सपना प्रधान मल्लले स्वतन्त्र र निष्पक्ष न्याय दिने काममा तलमथि हुन नहुने र आफूले यस्तो नगर्ने बताउनु भएको छ ।

महिला विकास र कानुन मञ्चले प्रधान सर्वोच्च अदालतको न्यायाधीसमा नियुक्त भएको अवशरमा बधाइ तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले समानता र न्यायको संरक्षण गर्न आफूले सँधै कानुनको आँखाले हेर्ने बताउनुभयो । यस अवशरमा उहाँले न्यायपालिका समावेशी हुन नसकेको तर्फ पनि ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै भारतीय अधिकारकर्मी कमला भाषिनले महिला अधिकार प्राप्तिका लागि अझै धेरै संघर्ष गर्नुपर्ने बताउनु भएको थयो । कार्यक्रममा न्यायाधीस प्रधानलाई राष्ट्रिय मानव अधिकार अायाेगका अध्यक्ष अनुप राज शर्माले दाेसल्ला अाेढाएर सम्मान गर्नुभएको थियाे ।