आश्विन २०, २०८१ आईतबार

पहिला ईज्जत जोगाउन मुस्किल, पछि ज्यान जोगाउन मुस्किल



hinsa-ll२ असाेज, बाजुरा – मध्य रातमा मदिरा सेवन गरेका एक पुरुष एक महिलाको घरमा पस्छन् । विभीन्न प्रलोभन देखाउँदै जवर्जस्ती करणी गरे । गर्भवति भएपछि गाउँलेले उनलाई चरीत्रहिन भन्दै गाउँ निकाला गरे । उनी भारत गईन् । भारतमा के गर्ने, कहाँ जाने ? बाध्य भएर फेरी आफ्नै गाउँ फर्किन । आफन्तको घरमा लुकेर बसेकी उनलाई फेरी चरीत्रहिन किन आईस भन्दै ज्यान मार्ने धम्की आउन थाल्यो । न रुने ठाउँ छ, न कराउने । महिला आफ्नो पिडा लुकाएर बस्न बाध्य छिन् ।
सुन्दा कुनै पुरानो फिलिमको कथाजस्तो लाग्ने यो वास्तविकता हो बाजुराको ब्रम्हतोला गाविसकि विष्नादेवि ल्वारको । ब्रम्हतोला गाविसका कार्यालय सहयोगी गोकुल देउवाको करणीबाट गर्भ रहेपछि पिडीत बनेकी उनी अहिले ज्यान जोगाउन गुहार माग्ने अवस्थामा पुगेकी छन् ।
२८ वर्षीया विस्ना श्रीमानले सौता भित्र्याएर छुट्टै बसेपछि आफै पिडीत थिईन । एक्लै बसेकी महिला देखेर गोकुल मध्यरातमा रक्सी पिउँदै उनको घरमा पुग्थे । कहिले ललाई फकाई गर्थे, कहिले धम्क्याउँथे तर उनी जोगिएकी थिईन । तर गएको माघमा एक दिन उनी धम्की र प्रलोभनले आफूलाई जोगाउन सकिनन् । दुर्भाग्य गर्भ रहन गयो । एक्लै बसेकी महिलाले गर्भ बोकेको थाहा पाएपछि चरित्रहीन भन्दै एकमहिना अघि गाउँलेले जर्वजस्ती गाउँ निकाला गरेका थिए ।
गाउँमा बस्न नदिएपछि ल्वार चार जना छोराछोरीसहित भारत गएकी थिइन् । आफ्नो गर्भ बढ्दै गएको र छोराछोरी पाल्न समस्या भएको भन्दै उनी अहिले गाउँ फर्केर आफन्तकोमा शरण लिइरहेकी छन् । प्रहरीमा खबर गरे मारिदिने धम्की गाउँलेले दिएको भन्दै आफूलाई सहयोग गर्न उनले पत्रकारलाई गुहारेर समाचार लेखिदिन आग्रह गरेकी हुन् । ब्रह्मतोला स्वास्थ्य चौकीका पियन चरणसिंह भण्डारीले गाउँ निकाला गर्न ९० हजार रुपैयाँको कागज लेखेर आफूलाई राती १ बजे रकम जवरजस्ती दिएको र उनले आफूले गाउँ नछोड्ने कुरा गर्दा गाउँबाट नगए जे पनि हुन सक्छ भन्दै गाउँ छाड्न बाध्य बनाएको बताईन् । ‘बच्चा फालेर उतै बस्नु कहिल्यै नफर्कनु भन्दै गाउँलेहरूले ९० हजार दिएर मलाई जवरजस्ती भारत पठाए’, उनले रुँदै भनिन् ‘अहिले किन फर्केर आईस अव यहीँ मर्ने भईस भन्दै धम्की दिनछन् ।’

ल्वारका श्रीमान दोस्रो विवाह गरी पाँच वर्षदेखि भारतमा बस्दै आएका छन् । मेलापात गरी चार छोराछोरीको पालनपोषण गर्दै आएकी उनलाई ‘यस्ता अपराधी गाउँमा बस्ने कुनै अधिकार छैन’ भन्दै गाउँलेले गाउँ छोड्न बाध्य बनाएको विस्ना बताउँछिन् । अहिले प्रहरीमा उजुरी गरे गाउँलेले मारिदिने धम्की दिएको र आफ्नो समस्यालाई स्थानीय अधिकारकर्मीले समेत गम्भीर रुपमा नलिएको उनले गुनासो गरिन् । ‘प्रहरीमा खवर गर्छु भन्दा पनि कहीँकतै खवर गरीस भने नराम्रो हुन्छ भनेर डराएकोले छोराले मानेन’, उनले भनिन् ‘अहिले घर न घाट भएँ, उल्टै मार्ने धम्की दिन्छन् ।’ गाउँ निकालिएको एक महिनापछि घर फर्किए पनि पीडक देउवाले आफू र आफ्ना छोराछोरीलाई केही गर्छ की भन्ने चिन्ता लागेको उनले बताइन् ।
देउवाले मदिरा सेवन गरी जर्वजस्ती करणी गरेकाले गर्भ रहेको स्वीकार गरेका छन् । तर आफू पीडित हुँदा पनि आफै गाउँ निकालिनुपर्ने, तर पीडक इज्जतसहित गाउँमा खुल्लमखुल्ला हिँड्न पाउने भन्दै विष्णाले रोस प्रकट गरीन् । ‘मेरो साथमा कोही नभएकाले बालबच्चा लिएर गाउँ छाड्नु परेको हो’ रुँदै उनले भनिन् ‘अधिकारका कुरा गर्नेहरू दुःखमा कुनै साथ र सहयोग नै गर्दैनन् अनि हामीलाई कस्ले गाउँ बस्न दिन्छ र ?’

गाविसमा रहेका महिला अधिकार, बाल अधिकार र दलित अधिकार मञ्च, महिला र बालबालबालिका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले विस्नाको पक्षमा बोल्नुको साटो तिरस्कार गरिरहेको भन्दै उनले सहयोगको याचना गरेकी हुन् । गाउँ निकालिदाँ आफ्ना छोराछोरीको पढाइ समेत विग्रेको छ । ‘हामीले पनि स्कुल पढ्न नपाउँने भयौं भन्दै विद्यालयमा किताव बुझाएर सँगै गयौं’ बिस्नाका जेठा छोरा चेतराजले भने ‘अहिले मेरो र भाइ बहिनी पनि स्कुल जान पाएका छैनौँ ।’