बैशाख १४, २०८१ शुक्रबार

लगानीको भाग माग्दा बुहारीमाथी धारीलो हतियार



नाम प्रभु, व्यवहार बुहारी कुट्ने दैत्य

anju-devi_1२१ असोज, काठमाडौ– घरायसी हिसाव किताव हुँदा पर्सामा एक व्यक्तिले बुहारीलाई हतियारले हिर्काएर घाईते बताएका छन् । पर्साको मुडली– ६ बस्ने ५५ वर्षीय प्रभु राउत कुर्मीले २५ वर्षीया बुहारी अञ्जुदेवीलाई गडासीले टाउकोमा हानेर घाईते बनाएका हुन् ।
उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भईरहको छ । गाउँमा गरेको सामुहिक लगानीको भाग आफूले पनि पाउनुपर्ने अञ्जुले माग गरेपछि बुवाले अञ्जुदेवीलाई गडासीले हानेर घाइते बनाएको अञ्जुका श्रीमान अम्बिका पटेलले बताए । ‘म, भाई विजय, बुवा प्रभु पटेल र गाँउका एक जनाबीच गाँउमा सामूहिक लगानी गरेको रु ३४ हजार को विषयमा छलफल भईरहेको थियो’ उनले भने ‘छलफलको बेला त्यसको भाग आफूले पनि पाउनुपर्ने अञ्जुले दाबी गरेपछिससुरा प्रभु उठेर गडासीले हिर्काउनुभयो ।’
भान्सामा खाना बनाईरहेकै ठाउँमा अञ्जुदेविलाई देउरानी सोचितादेवीले समातेको र ससुरा प्रभुले गडासीले हानेको अम्बिकाले बताए । अञ्जुका अनुसार ससुरा प्रभुले यसअघि पनि पटक पटक स–सानो निहुँमा उनलाई कुटपीट गर्दै आएका छन् । ‘पहिला सासु हुन्जेल त माया नै गर्नुहुन्थ्यो,’ अञ्जुले भनिन, ‘तीन वर्षअघि सासुको मृत्यु भएपछि ससुराको व्यवहार फेरिएको छ ।’
ससुरा प्रभुकै कुटाईबाट एक वर्षअघि हात भाँचिएको पनि उनले जानकारी दिइन् । घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिईएको अञ्जुका बुवा नागेन्द्र राउत कुर्मीले जानकारी दिए ।
पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । ‘घटनाका बारे हामीकहाँ उजुरी आएको छ, आरोपीलाई पक्रन निर्देशन दिईसकेको छु,’ उनले भने, ‘दुवै पक्षको कुरा सुनेपछि आवश्यक पक्रिया अगाडी बढाउँछौं ।’