बैशाख २७, २०८१ बिहीबार

इरोम शर्मिलाले खोलिन् नयाँ पार्टी



२ कार्तिक, काठमाडौं – भारतमा ‘आइरन लेडी’को उपमा पाएकी इरोम शर्मिलाले नयाँ पार्टी खोलेकी छन् । उनले नयाँ पार्टीको नाम ‘पीपल्स रिसर्जन्स एन्ड जस्टिस अलायन्स’ राखेकी छन् ।

मंगलबार पत्रकार सम्मेलनमार्फत् उनले नयाँ पार्टीबारे जानकारी दिएकी हुन् ।

मणिपुरमा सुरक्षाकर्मीलाई दिइएको विशेषाधिकारको विरोधमा सामाजिक कार्यकर्ता शर्मिला १६ वर्षसम्म आमरण अनसन बसेकी थिइन् । गत अगष्ट ९ तारिखमा आमरण अनसन तोड्दै उनले राजनीतिमा लाग्ने घोषणा गरेकी थिइन् । राजनीतिमा लागेर मणिपुरको मुहार फेर्ने उनले दृढता व्यक्त गरेकी छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार शर्मिला खुरई वा थौबल भन्ने स्थानबाट चुनाव लड्न सक्नेछिन् । मणिपुरका हालका मुख्यमन्त्री ओकराम इबोबी पनि यही क्षेत्रबाट चुनाब लड्ने गर्दछन् ।