बैशाख २५, २०८१ मंगलबार

उद्योग वाणिज्य महासंघको अबको अध्यक्ष भवानी राणा



bhawani-rana

४ कार्तिक, काठमाडौं ( नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) आगामी अध्यक्ष भवानी राणा हुने निश्चित भएको छ । महासंघको बिहबिार भएको विशेष साधारणासभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः भावि अध्यक्ष हुने व्यवस्था ल्याए पनि राणा अहुने निश्चित भएको हो ।

विशेष साधारणसभामा उपस्थित ९० प्रतिशतभन्दमा बढी प्रतिनिधिले महासंघले पेश गरेको विधान संशोधन पारित भएसँगै आगामी कार्यकालका लागि भवानी राणा अध्यक्ष हुने बाटो खुलेको हो।

महासंघले प्रस्ताव गरेको संशोधित विधान विशेष साधारणसभामा ध्वनी मतले पारित भएको थियो। साधारणसभाले संघीयता अनुसार महासंघलाई परिमार्जन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

महासंघको आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्षसम्मको पदमा मात्रै चुनाव हुनेछ। महासंघको नियमित साधारणसभा भने आगामी चैतमा हुँदैछ।

६ जना पूर्वअध्यक्षले भने महासंघको विशेष साधाराणसभा बहिस्कार गरे। उनीहरुले विधान संशोधनको क्रममा सुझाव लिने र छलफल गर्ने काम नभएको भन्दै बहिस्कार गरेका हुन्।

पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबाहदुर श्रेष्ठ र कुशकुमार जोशीले विशेष साधारणभा बहिस्कार गरेका हुन्।

महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णीकार र व्यवासायी गोविन्द घिमिरेले विशेष साधारणसभा अवैध भएको भन्दै रिट दायर गरेका थिए। उच्च अदालतले विशेष साधारणसभा रोक्न अन्तरिम आदेश दिन नपर्ने फैसला बुधबार सुनाएपछि महासंघको विशेष साधारणसभा बिहीबार भएको हो।