बैशाख २३, २०८१ आईतबार

महिला सांसदमाथि नै यौन उत्पीडन हुने गरेको खुलासा



one caucasian business woman man couple sexual harassment in silhouette studio isolated on white background

११ कार्तिक, बिबिसी हिन्दी – विश्वभरीका सांसदहरुको प्रतिनिधित्व गर्ने अन्तराष्ट्रिय संस्थाका अनुसार महिला सांसदहरुले यौन उत्पीडन र हिंसाको सामना गर्नु पर्छ ।
इन्टर पार्लियामेन्ट्री यूनिय अथवा आईपीयूले यो रिपोर्ट जेनेभामा चलिरहेको वार्षिक बैठकमा प्रस्तुत गरेको छ । विश्वभरीका सांसदहरुको नेतृत्व गर्ने ५५ महिला सांसदले त्यो सर्वेक्षणमा भाग लिएका थिए ।
यसमा ८० प्रतिशत सांसदको भनाइ थियो कि उनीहरुले कुनै न कुनै रुपमा मानसिक र यौन उत्पीडन अथवा हिंसाको सामना गर्नु पर्यो ।
अहिलेको अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदार डोनाल्ड ट्रम्पमाथि पनि कथित यौन उत्पीडनको आरोप लाग्यो । साथै प्रतिद्धन्दी हिलारी क्लिटनको बारेमा ट्रम्पको भनाइपनि चर्चामा रह्यो ।
यी घटनाले दर्शाउछ कि कयौ महिला राजनेताहरुको विश्वभरीमा आफ्नो पदको जिम्मेवारी निभाउनुको साथै यौन दुरव्यवहारको पनि सामान गर्नु पर्छ । यूरोपकी एक महिला सांसदका अनुसार उनलाई ट्विटमा चार दिनमा बलात्कारका ५०० धम्की आए ।
सर्वेक्षणमा सहभागी महिलाहरुमा ६५.५ प्रतिशतले भने की उनीमाथि मौखिक हिंसा भयो । रिपोर्टमा उनका पुरुष साथिहरुले सार्वजनिक ठाँउमा उनीहरुमाथि अपमानजनक टिप्पणि गरेको समेत उल्लेख छ ।
जाम्बियाकी सांसदले महिला सांसदलाई पुरुष समेत हेप्ने गरेको बताइन् । एक पटक एक राजनेताले खुल्ला रुपमा भने कि, ‘ म संसद जान चाहन्छु, किनकी त्यहाँ कयौ महिला सांसद छन् । म उनीहरुलाई इसारा गरेर भन्न सक्छु ,जसलाई चाह्यो आफ्नो लागि छान्न सक्छु ।’