बैशाख १४, २०८१ शुक्रबार

पत्रकार महिला २५ प्रतिशत, पत्रकारितामा महिलाको उपस्थिती उत्साहजनक



lady-journalist२४ कार्तिक , काठमाडौ – नेपालमा श्रमजीवी पत्रकार महिलाको संख्या २५ प्रतिशत छ । सञ्चारिका समूहले २०७२ सालमा गरेको अध्ययनले यो तथ्याङक देखाएको हो । समूहले नेपालमा पत्रकार महिलाको पेशागत अवस्थाबारे गरेको अध्ययन ललितपुरमा एक कार्यक्रमकाविच बुधबार सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि

प्रमुख अतिथि सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले पत्रकारितामा महिलाको उपस्थिती उत्साहजनक भएको बताए । भने ‘अझ महिला पढेर आएको तथ्याङकले देखाएको छ । थपलियाले आम सञ्चार क्षेत्र संख्यात्मक हिसावले अगाडि र गुणात्मक तरिकाले पछाडि छ । यस्लाई सुधार्नु आवश्यक रहेको बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले यो तथ्याङले सुधारोन्मुख संकेत देखाएको बताए ।

नेतृत्व तहमा पत्रकार महिला कम देखिएको कारण महासंघले महासंघलाई जेण्डर फ्रेण्ड्ली बनाउन लागेको बताए । भने ‘हामीले विधानमा एक महिला उपाध्यक्ष अनिवार्य गरेका छौ ।’ पत्रकार महिला अहिले राजनिति, आर्थिक र संसद विटमा काम गर्न थालेकोमा विष्टले खुशी व्यक्त गरे । कार्यक्रममा सञ्चारिका समूही पुर्व अध्यक्ष तथा समूहकी सल्लाहाकार बविता बस्नेत, नर्वेजियन दुतावासकी वरिष्ठ सल्लाहाकार ९राजनिति तथा सामाजिक विकास० कमला विष्ट र यस अध्ययनका अनुसन्धानकर्ता टंक अर्यालले बोलेका थिए ।

पत्रकार महिलाको लागि काम गर्दा कति छन् भन्ने कुरा थाहा नहुदा समस्या भएकोले यो अध्ययन गरेको समूहकी अध्यक्ष निर्मला शर्माले बताईन । भनिन ‘नेपालमा महिला पत्रकारको अवस्था थाहा पाउन हामीले यो अध्ययन गरेका हौ ।

। समूहले सर्वेक्षण गरेका ९ सय ७ सञ्चारगृहमा ७ हजार ६ सय ५० पत्रकार कार्यरत छन् । तीमध्ये श्रमजीवी पत्रकारमा पुरूष ५ हजार ७ सय ११ जना छन् भने महिला १ हजार ९ सय ३९ जना अर्थात् २५।३ प्रतिशत छन् । पत्रकारितामा २० देखि ३० वर्ष उमेर समूहका महिला सबैभन्दा बढी सक्रिय छन् ।

अध्ययनका क्रममा राजधानी र मोफसलका गरी कूल ९ सय ७ सञ्चारगृहको सर्वेक्षण गरिएको थियो । तीमध्ये छापा सञ्चारगृह ५ सय ३१, रेडियो ३ सय ६, टेलिभिजन ३१ र अनलाइन ३९ छन् । सर्वेक्षण गरिएका सञ्चारगृहमा काठमाडौं उपत्यकाका सञ्चारगृह ९.४ प्रतिशत र उपत्यका बाहिरका सञ्चारगृह ९०.६ प्रतिशत छन् । सर्वेक्षणमा सहभागी कूल १ हजार १ सय ४३ पत्रकार महिलामध्ये २३ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकामा र ७६ दशमलव ४ प्रतिशत उपत्यका बाहिर कार्यरत छन् ।

अध्ययनमा सहभागीमध्ये ६२.१ प्रतिशत रेडियोमा कार्यरत छन् । पत्रकार महिलामध्ये छापामा २२।६ प्रतिशत यस्तै टेलिभिजनमा १०।७ प्रतिशत र अनलाइनमा ७ प्रतिशत पत्रकार महिला कार्यरत छन् । पत्रकारितामा ब्राहमण/क्षेत्री समुदायका महिला ५८.६ प्रतिशत छन् ।
पत्रकार महिलामध्ये ४१.८ प्रतिशतले स्नातक तह अध्ययन गरेका छन् । पत्रकार महिलामध्ये २१।९ प्रतिशतले पत्रकारिता अध्ययन गरेका छन् ।

पत्रकारिताका माथिल्ला पदहरुमा पत्रकार महिलाको उपस्थिति चिन्ताजनक देखिन्छ । वरिष्ठ र कार्यकारी पदमा पुग्ने पत्रकार महिलाको संख्या औलामा गन्न सकिने छ । वरिष्ठ संवाददाता÷ब्यूरो प्रमुखमा २।९ प्रतिशत, सम्पादकमा ८।१ प्रतिशत र प्रकाशक वा व्यवस्थापकका रुपमा २।७ प्रतिशत महिला कार्यरत छन् । सबैभन्दा बढी ४१।५ प्रतिशत पत्रकार महिला समाचार वा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छन् । यस्तै, २९.३ प्रतिशत पत्रकार महिला संवाददाता÷उपसम्पादक पदमा काम गर्छन् ।

४६।५ प्रतिशत पत्रकार महिला मिश्रित बिटमा काम गर्ने गरेका छन् । यस्तो अवस्था उपत्यकाबाहिर बढी देखिन्छ । पत्रकार महिलाले टिभी र रेडियोमा समाचार वाचनदेखि रिपोर्टिङसम्मको जिम्मेवारी निभाएका छन् ।

थोरै पत्रकार महिलाले मात्र राजनीति, अर्थ, अन्तर्राष्ट्रियलगायतका बिटमा काम गर्ने अवसर पाएका छन् । राजनीति र समसामयिक बिटमा ३ प्रतिशत, अर्थ र बाणिज्यमा २।५ प्रतिशत र अन्तर्राष्ट्रिय तथा परराष्ट्र मामिलामा ०।८ प्रतिशत पत्रकार महिलाले काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ । पदोन्नतिमा पत्रकार महिलाको अवस्था उत्साहजनक देखिंदैन । सर्वेक्षणमा सहभागीमध्ये ४७।४ प्रतिशत पत्रकार महिलाले आपूmले काम थालेपछि पदोन्नति भएको जानकारी दिए भने ३५।६ प्रतिशतले नभएको बताए । यस कारण समेत निराश भएर उनीहरुले पेशा छोडेको या परिवर्तन गरेको देखिएको छ । तलब, राम्रो अवसर, संस्थामा काम गर्ने वातावरण, पारिवारिक समस्या, शिक्षा लगायतका कारणले पनि पत्रकार महिला आपूm कार्यरत संस्था परिवर्तन गरेका छन् । सबैभन्दा बढी २७।१ प्रतिशतले तलबलाई संस्था परिवर्तन गर्नुको मुख्य कारण बताएका छन् । यस्तै, पहिलाभन्दा राम्रो अवसर पाएकाले संस्था परिवर्तन गरेको बताउने पत्रकार महिला २१।३ प्रतिशत छन् । आधाभन्दा बढि ५१।३ प्रतिशत पत्रकार महिला पत्रकारिता गरिरहन चाहन्छन् भने १९।६ प्रतिशतले पेशा परिवर्तन गर्न चाहेका छन् ।

पत्रकारको पदोन्नति हुन निकै लामो समय लाग्ने सर्वेक्षणले देखाएको छ । सरकारी सञ्चारमाध्यमको नियमअनुसार पदोन्नतिका लागि महिलालाई कम्तीमा दुई वर्ष र पुरूषलाई कम्तीमा तीन वर्ष सो पदमा काम गरेको हुनुपर्ने व्यवस्था छ । तर, यति वर्ष काम गर्ने बित्तिकै पदोन्नति पाइन्छ भन्ने छैन । योग्यता पुगेका स्थायी पत्रकारले समेत माथिल्लो पद खाली नभएसम्म पदोन्नति पाउ“दैनन् ।

कार्यस्थलको वातावरण महिलाका लागि अनुकूल नभएको र सहकर्मी तथा अग्रजहरुबाट पत्रकारले महिलास“ग उचित व्यवहार नगर्ने गुनासा आइरहेका बेला अनुसन्धानले पछिल्लो समय यसमा सुधार हु“दै गएको देखाएको छ । अधिकांश उत्तरदाताले ९७३।३ प्रतिशत० आफ्ना सहकर्मीले सहयोगी व्यवहार गरेको बताएका छन् । अग्रज तथा वरिष्ठहरुको व्यवहारलाई भने आधाभन्दा कमले मात्रै राम्रो ठानेका छन् । ४१ प्रतिशत सहभागीले अग्रज तथा वरिष्ठहरुको व्यवहारबारे बोल्न चाहेनन् ।

 

सञ्चारमाध्यममा न्यूनतम र नियमित पारिश्रमिक नपाउने समस्या विकराल बन्दै गएको छ । सर्वेक्षण गरिएका ४१।४ प्रतिशत पत्रकार महिलाले न्यूनतम पारिश्रमिक नपाएको बताए । यो समस्या उपत्यकामा भन्दा बाहिर बढी छ । न्यूनतम तलब नपाउनेमध्ये ८४।१ प्रतिशत पत्रकार महिला उपत्यका बाहिर छन् । यस्तै, अध्ययनमा ५७।८ प्रतिशत पत्रकार महिलाले मात्रै नियमित रुपमा तलब पाएको बताए ।

धेरैजसो पत्रकार महिलालाई यातायातको असुविधाले काम गर्न अप्ठेरो परेको छ । सर्वेक्षणमा ५६।२ प्रतिशत महिलाले यातायातको असुविधा हु“दा समस्या खेप्नुपरेको बताए । राति ड्युटी गर्नेहरुलाई कार्यालयदेखि घरसम्म लाने÷लैजाने व्यवस्था नहु“दा समस्या परेको छ । अनलाइन, छापा र रेडियोमा काम गर्नेका तुलनामा टेलिभिजनमा काम गर्नेहरुले यातायातको सुविधा बढी पाएका छन् ।

अध्ययनबाट रेडियोमा कार्यरत कूल पत्रकारमध्ये ४६।५ प्रतिशत पत्रकार महिला छन् । रेडियोमा कार्यरत महिला र पुरूष पत्रकारको कूल संख्या २ हजार ५ सय ६२ छ । छापामाध्यममा कार्यरत कूल ४ हजार १ सय २६ पत्रकारमध्ये ४०।६ प्रतिशत पत्रकार महिला छन् । यस्तै, नेपालभरका टिभीमा कार्यरत ७ सय ४९
पत्रकारमध्ये ११।३ प्रतिशत महिला छन् । अनलाइनमा कार्यरत कूल २ सय २३ पत्रकार मध्ये १।६ प्रतिशत पत्रकार महिला छन् ।
सञ्चारगृहको तथ्यांकअनुसार १ हजार ९ सय ३९ पत्रकार महिलामध्ये ब्राह्रमण÷क्षेत्री समुदायका ४४।६ प्रतिशत छन् । यस्तै, आदिवासी जनजाति समुदायका २४।५ प्रतिशत, मधेशी समुदायका ६।६ प्रतिशत, दलित समुदायका ६।३ प्रतिशत र अन्य समुदायका १७।९ प्रतिशत छन् ।

सञ्चारमाध्यमका व्यवस्थापकीय तथा नेतृत्वदायी पदमा महिला थोरै छन् । देशभरका कूल ५३ प्रधान सम्पादकमध्ये ११।३ प्रतिशत मात्र महिला छन् । यस्तै, ३७ कार्यकारी सम्पादक÷प्रबन्ध सम्पादकमध्ये १०।८ प्रतिशत र ८ सय ९४ सम्पादकमध्ये १५।१ प्रतिशत महिला रहेको अध्ययनबाट देखिएको छ ।

सर्वेक्षणमा सहभागी ६६ प्रतिशत सञ्चारगृहले आपूmस“ग श्रमसम्बन्धी नीति रहेको बताए । अधिकांशले श्रम नीतिअन्तर्गत साप्ताहिक बिदा र घर बिदा दिइएको जनाएका छन् । यस्तै, नियुक्ति पत्र, चाडपर्व बिदा, सुत्केरी बिदा, यातायात सुविधा र स्वास्थ्य बिमाको व्यवस्था पनि भएको बताएका छन् । श्रम अभ्यास तथा नीति अवलम्बन नगर्ने सञ्चारगृहको प्रतिशत १९।७ छ । सर्वेक्षण गरिएका १४।४ प्रतिशतले त्यसबारे खुलाउन चाहेनन् ।

छुट्टै लैङ्गिक नीति लागू गर्ने मामलामा सञ्चारमाध्यमको अवस्था ज्यादै कमजोर छ । अध्ययनमा आधाभन्दा बढी ९६१।६ प्रतिशत० सञ्चारगृह÷माध्यमले छुट्टै लैङ्गिक नीति बनाएका छैनन् ।
पत्रकारका संघसंस्थाहरुमा पत्रकार महिलालाई नेतृत्व तहमा ल्याउनको लागि केही व्यवस्थाहरुको प्रयोग शुरु गरिएको छ ।
पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघका ७४ वटा जिल्ला शाखामध्ये कुनै पनि जिल्ला शाखाको अध्यक्षमा महिलाको नेतृत्व छैन । प्रतिष्ठान शाखा अन्तर्गत चार वटा शाखामा महिलाको नेतृत्व छ ।
पत्रकारका संघसंस्थाले पत्रकार महिलाको सशक्तीकरण र समावेशीकरणका लागि छुट्टै लैङ्गिक दस्तावेज बनाएका छैनन् ।