बैशाख २१, २०८१ शुक्रबार

अर्कैकी प्रेमीका खोसेर मध्यरातमा सामुहिक बलात्कार



rape-1440050150 ९ मंसिर, ललितपुर – ललितपुरमा प्रमीको साथमा रहेकी प्रेमीका खोसेर सामुहिक बलात्कार भएको छ । ललितपुरको इमाडोलमा जँड्याहा यूवाहरुले घरमा हिँडीरहेका प्रेकालाई प्रेमीबाट खोजेर बलात्कार गरेको हुन् ।
इमाडोलका प्रवेश थापा, निर्मल थापा र कास्कीका सुशिल अर्यालले मध्यरातमा घर फर्किरहेका जुम्लाका रावल थरका युवाकी प्रेमिका खोसेर बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनीहरुले रावलमाथी प्रेमी बिचबाटोमा आक्रमण गरी प्रेमिका खोसेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ललितपुरको ग्वार्कोमा दोहोरी साँझमा काम गर्ने प्रेमिका आफ्ना प्रेमीको कोठामा इमाडोल जाँदै गर्दा मध्यरातमा प्रेमी रावललाई केटाहरुले कुटपीट गरेपछि युवतीलाई मोटरसाइकलको बीचमा हालेर लगेको र सामूहिक बलात्कार गरेको ललितपुरका डिएसपी इश्वर कार्कीले बताए।
प्रेमीले आफ्नो प्रेमिकालाई मध्यरातमा केटाहरुले अपहरण गरेको भन्दै तत्काल इमाडोल प्रहरीकहाँ गएर जानकारी गराएपछि इमाडोल र सातदोवाटो प्रहरीले प्रहरी परिचालन गरेर इमाडोल क्षेत्रमा गस्ती गर्न थाल्यो। साढे २ बजे ती युवतीको साथमा रहेका ३ जना युवाहरु प्रहरीले रातोभाले चोकबाट पक्राउ गरेको थियो। त्यसपछि अपहरण गरेर सामूहिक बलात्कार गरेको भन्दै युवतीले अहिले सातदोवाटो प्रहरी वृतमा उजुरी दिएकी थिइन्।
उनीहरु हिँडेर सुन्धारादेखि इमाडोल जाँदा कृष्णमन्दिर छेउ मोटरसाइकलमा आएका ३ जना युवाले रोकेर केरकार गर्ने र रावललाई कुटपीट गरेर उनकी प्रेमिकालाई मोटरसाइकलमा हालेर लगेका थिए।