जेष्ठ ६, २०८१ आईतबार

गुल्मीको नाउँ राख्ने चारपाला दरबारमा ‘जीवित देवि’



hdv_0980-mp4-still002प्रेम सुनार
१४ मंसिर, गुल्मी – बिहान करीव साढे नौ बजेको थियो । गाउँकी एक दलित परीवारकी यूवति मन्दिर पुगेर आफूलाई कालिमाता उत्रेकोले मन्दिरमा पुजा आरधना गर्नका लागि ढोका खोलिदिन आग्रह गरीन् । मन्दिरका पुजारी र अन्य सञ्चालन समिति अलमल्ल परे ।
एकवर्ष अघिमात्र पुजारीबाहेक अरु कोही प्रवेश गर्न नपाईने निर्णय गरेकोले उनलाई भित्र पस्न दिईएन । तर साँझ ६ वजे सम्म नखोलिए पछि उनको शव्दमा कालिमाई कै शक्ति ग्रहण गरेर मुल ढोका फोरे पुजा सुरु गरिन् । कालीको जस्तो हाउभाउ र अभिनय गर्दै रातदिन पुजा गर्न थालेपछि गाउँले तीन छक परे ।
घटना सोमबार बिहानको हो । अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षिया पुजा परियार आफुलाई कालि माता उत्रेको भन्दै गुल्मीको ऐतिहाँसिक चारपाला दरवारको ईस्वरी देवि मन्दिरमा प्रवेश गरेर हिजो देखि पुजा आराधना सुरु गरेकी छिन् । मन्दिर सञ्चालक समितिले दलित यूवती मन्दिर पसेर पुजा गरेको भन्दै गुनासो गरेपछि जिल्लाका दलित अधिकारकर्मी सहित पुजा समिति र स्थानिय राजनैतिक दल बसेर उनले तिन दिन लगातार कालिमाईले पुजा गर्न भन्नु भएको छ भन्दै मन्दिर छाड्न नमाने पछि तिन दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन मञ्जुर भएका छन् ।
ईश्वरीदेवि मन्दिर करीव तीन सदाब्दी पहिलाको मन्दिर हो । तत्कालिन चौविसेराज्य गण्डीगुल्म गुल्मी चारपालाका राजा बिर शाहीले स्थापना गरेको दरबार नेपाल एकिरणपछि कोतघर मन्दिरको रुपमा राखि पुजा आजा गरीँदै आएको छ । दरवार स्थापना भएको झण्डै तीन शताव्दीको ईतिहाँसमा दलित युवती उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना सुरु गरेको त्यहाँका बुद्धिजिविहरुले बताएका छन् ।

ऐतिहासिक चारपाला दरबार
   ऐतिहासिक चारपाला दरबार

सोमबार विहान खान पकाई रहेको बेला एक्कासी कालिमाई उत्रेर घरबाट हिडेकी परियार साढे ९ वजे चारपाला दरवारमा प्रवेश गरेकी थिईन् । प्रवेश गरे पछि पुजा समितिका मानिसहरुलाई मैले ईस्वरीमातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु ढोका खोलि दिनुहोस भनेर आग्रह गरिन् । तर समितिका कुनै पनि पदाधिकारीहरुले अहिले चाँपी छैन् खोल्न सकिदैन भनेर टारी रहे ।  साँझ ६ वजे सम्म नखोलिए पछि उनको शव्दमा कालिमाई कै शक्ती ग्रहण गरेर मुल ढोका फोरेर पुजा सुरु गरिन् । रातभरी पनि पुजा दिनै भर पनि पुजा सुरु गरेपछि सोमबार जिल्लाका दलित अधिकारकर्मी सहित पुजा समिति र स्थानिय राजनैतिक दल बसेर उनले तिन दिन लगातार कालिमाईले पुजा गर्न भन्नु भएको छ भन्दै मन्दिर छाड्न नमाने पछि तिन दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन सवै मञ्जुर भएका छन् ।
अमरअर्वाथोकको सरस्वती माविमा कक्षा १० मा अध्यानरत परियारले ‘ आफूलाई देवि उत्रिदा समेत मन्दिर भित्र पस्न नदिन घण्टौं सम्म दुख दिईएको र त्यस पछि साँझ कालिमाता आफै शक्ती ग्रहण गरेर ठुलो ताल्चा फोरेर भित्र पठाएको दावी गर्छिन् । ‘मलाई मन्दिर प्रवेश गर्न रोक लगाउने र घृणा गर्नेहरुलाई कहिल्लै भलो हुँदैन’ उनले भनिन् ।
उनले भगवति कालिमाताले जस्तो प्रकारको रुपरेखा र कृयाकलाप गर्ने स्थानीयल बताएका छन् । श्रद्धालुले आफ्ना विवरण दिएमा उनले सवै भूत भविष्य बताईदिने गरेकी छन् । उनका काका ईस्वरी परियारका अनुसार उनलाई दशैको घटस्थापना देखि कालिमाई उत्रेका थिए । त्यस अघि उनलाई केहि भएको थिएन् । तर नहुने चोखो जल चढाउँदै उनि समान्य अवस्थामा स्कुल जाने गर्दथिन् । उनका पिता लक्ष्मण परियार भारतमा जागिरे भएकोले उनि भारतमै जन्मेर हिन्दुधर्मकी अनुआयी रहेकी थिईन् ।
नेपाली कांग्रेसका नेता अशोक थापा , नेकपा एमालेका नेता अशोक श्रेष्ठ र नेकमा माओवादी केन्द्रका स्थानिय नेता डिलबहादुर बिक, ईस्वरी माविका प्रधानध्यापक हरिबहादुर कार्की लगायतका परिवर्तनका पक्षधर स्थानिय शिक्षक वुद्धिजिवीहरुले दलित वा जो कोही पसेर पुजा गर्दैमा फरक नपर्ने तर्क राखे पछि उनलाई निर्वाध पुजा गर्न दिईएको हो । झण्डै चार घण्टा लामो छलफल पछि सहज वातवरण बनेर उनलाई थप दुई दिन त्यसै मन्दिरमा राखेर पुजा गर्न दिने त्यस पछि उनलाई त्यस भेगको गहनाका रुपमा संरक्ष र सम्मान गर्न कुनै सुरक्षित स्थानको व्यवस्था समेत गरेर वाहिरी गाउँका मानिसहरुलाई समेत बोलाएर गह्रा दशा हेर्ने वातवरण मिलाउने सहमति बनेको थियो ।