बैशाख १४, २०८१ शुक्रबार

गुल्मीकी कान्छीदिदी र रुकुमकी मिठु अव राज्यमन्त्री



subarna_muthu१५ मंसिर, काठमाण्डौ – सरकारले १० राज्यमन्त्री थप गर्दा जम्मा २ जना महिला राज्यमन्त्री थपिएका छन् । नेपाली काँग्रेसको सिफारीसमा थप गरीएका राज्यमन्त्रीले बुधबार सिँहदरबारमा सपथ लिएका हुन् ।
काँग्रेसले आफ्नो भागमा परेका विभीन्न मन्त्रालयमा राज्यमन्त्री पठाएको हो । थपिएका १० जना मध्ये २ जना मात्र महिला छन् । गुल्मीकी सुवर्ण ज्वारचन र रुकुमकी मिठु मल्लले अन्य राज्यमन्त्रीसंगै बुधबार सपथ लिए । सपथपछि ज्वारचनले शहरी विकास र मल्लले वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । ज्वारचनलाई जिल्लामा र पार्टीभित्र कान्छीदिदीको नामले चिनिन्छ
उनीहरुसंगै दीर्घसिंह भाट (भौतिक पूर्वाधार तथा यातायात), सिताराम मेहता (वन), तारामान गुरूङ (स्वास्थ्य), सुरेन्द्र आचार्य (सिचाई), इन्द्र बाँनिया (पर्यटन), दिलिप गच्छदार (श्रम), दीपक खड्का (खानेपानी) र कञ्चन बादेले (उद्योग) राज्यमन्त्री भएका छन् ।