बैशाख २३, २०८१ आईतबार

दाईजो नल्याएको भन्दै भारतमा जलाईयो नेपाली चेली, उपचार र रगतका लागि गुहार !



semadeviकाठमाडौं, २८ मंसिर – नेपालमा अंगीकृत महिलालाई नागरीकता दिने विषयमा संविधान संसोधनको बहस चलिरहेको बेला भारतमा विवाह गरेकी एक नेपाली महिला जीउँदै जलाईएकी छन ।
मोरङ्गको तकुवा गाविस ६, काँसीझाडीबाट भारतको सहिदावाद भन्ने ठाउमाा बिबाह गरेकी सेमादेवि पासवान दाईजो नल्याएको निहुँमा जिउँदै जलाईएकी हुन । १७ वर्षिया पासवानलाई दाईजो नल्याएको भन्दै उनका घरपरीवारले जीउँदै आगो लगाएर जलाएको पिडीतका आफन्तले बताएका छन् । एक साताअघि कम्मर मुनिको भाग पूरै जलाईएकी उनी टिचिङ्ग अस्पत्ताल, काठमाण्डौमा उपचार गराईरहेकी छिन् ।
गएको वैशाखमा विवाह गरेकी पासवानका माईतिले एउटा मोटरसाईकल दाईजो दिएका थिए । अति बिपन्न परीवारकी पासबानलाई दाईजो कम भएको भन्दै जिउँदै जलाएर मोटरसाईकल समेत फिर्ता दिईएको उपचारका लागि आएका उनका आफन्तले बताए । ‘बुबा छैनन, आमामात्र छिन्, भाईहरु भारतको पञ्जाव र दिल्लीमा नोकरी गरेर बल्लतल्ल एउटा मोटरसाईकल दाईजो दिएका थिए’ ति आफन्तले भने ‘अहिले त्यो मोटरसाईकल पनि फिर्ता दिएर जिउँदै जलाएर पठाएछन् ।’
डरका कारण परीवारका सदस्य र उनका आफन्तले घटनाबारे विस्तृत बताउन चाहान्नन् ।

रगत र रकम अभाव

कम्मरमुनिको भाग पुरै जलेकी पासवानको उपचारका लागि रकम अभाव भएको उनका छिमेकी तथा पाटन क्याम्पसका उपप्राध्यापक चतुर्भुजलाल दास केवरतले बताए । ‘एकसाता भयो टिचिङ्गमा भर्ना भएको, रकम अभावका कारण समस्या छ’ उनले भने ‘मैले आफूले पाँच हजार दिएको थिएँ तर त्यसले के नै पुग्छ र, एकदम रकम अभाव छ ।’
उनलाई ए नेगेटिभ रगत आवस्यक परेको तर कतैबाट जुटाउन नसकिएको उनका आफन्तले बताए । ‘अस्पत्तालले  उनकाे अपरेशन भन्दा अगाडी तत्काल चार पाउण्ड रगत चाहिने भनेको छ तर कहाँबाट जुटाउने समस्या छ’ उनले भने ।

अधिकारकर्मीसंग गुहार

राम्रोसंग नेपाल बोलचाल गर्न नसक्ने उनका आफन्तले आर्थिक अभावमा उपचारमा समस्या भएको बताएका छन् । ‘घाईते राम्रोसंग नेपाली बोल्नसक्ने अवस्था पनि छैन, छिमेकी भएको नाताले मैले रेखदेख गरेको छु तैपनि सबैकुरा भन्न सक्ने अवस्था छैन’ उनले भने ‘उपचारका लागि कहाँबाट कसरी सहयोग जुटाउने समस्या परेको छ ।’
सहयोगका लागि अधिकारकर्मीसंग गुहार गरीदिन छिमेकी केवरतले बताए । ‘टिचिङ्ग अस्पत्तालको बर्न एण्ड प्लाष्टिक सर्जरी यूनिटको बेड नं. ३७ मा उनको उपचार भैरहेको छ’ उनले भने ‘आर्थिक सहयोग र ब्लडको लागि सहयोग गरीदिनुहुन सबैलाई गुहार माग्नुपर्ने अवस्था छ ।’