जेष्ठ ६, २०८१ आईतबार

गुल्मीका महिलाले पठाए प्रधानमन्त्री प्रचण्डलाई नेपालको नक्सा र कैची उपहार



काठमान्डौँ २९ मंसिर ।  सरकारले संविधान संशोधन मार्फत प्रदेश नम्वर पाँच टुक्राउने प्रस्ताव गरेपछि आन्दोलित  भएका गुल्मी जिल्लाका महिलाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपहार स्वरुप नेपालको नक्सा र कैची पठाएका छन् ।  आन्दोलनको आज १७ औं दिन आन्दोलनको मोर्चा सम्हालेका महिलाहरुले जिल्ला प्रशासन कार्यालयको प्रहरी घेरा तोड्दै प्रशासन भित्र छिरेर सरकारलाई चुनोती दिए ।

2
सरकारका प्रधानमन्त्री प्रचण्डलाई देशको नक्सा, देश टुक्राउने कैची र फुलको माला जिल्ला प्रशासन मार्फत पठाउन भित्र छिर्न खोजेका सयौं महिलालाई प्रहरीले रोक्न खोजे पछि झडपको स्थिती देखा परेको थियो । महिलाहरुको संख्या ठुलो भए पछि प्रहरीलाई घुचेड्दै धेरैवेर सम्म महिलाहरुले नारावाजी गरेका थिए ।

1नारावाजी संगै धेरे वेर सम्म जिल्ला प्रशासन महिलाहरुको कव्जामा रहेको थियो । केहि वेरको झडम पछि प्रतिनिधी मुलक महिलाहरुलाई मात्र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गनाको कार्याकक्षमा पसालिएको थियो । सांसद कमला बिश्वकर्माको नेतृत्वमा पुगेका महिला नेतृहरु मैना भण्डारी , विष्णुकुमारी सापकोटा लगायतले प्रशासन मार्फत प्रधानमन्त्रीलाई देशको नक्सा, कैची र फुलको माला पठाएका थिए ।
ठुलो संख्यामा जुटेका महिलाहरुले सदरमुकाम तम्घास वजार परिक्रममा गरी ज्ञापन पत्र बुझाए लगत्तै तम्घासको लाँकुरी मञ्चमा विरोध सभा गरेका थिए । विरोध सभामा विभिन्न महिला नेतृहरुले सम्वोधन समेत गरेका थिए ।