जेष्ठ ६, २०८१ आईतबार

शान्ति मन्त्री यादव सुन, चाँदी र हिराकी धनिः साढे १२ विगाह, ४ आना जग्गा, २ वटा पक्की घर



Sita Devi Yadav

काठमाडौ, २९ मंसिर– वर्तमान सरकारकी एकमात्र क्याविनेट महिला मन्त्री सितादेवि यादव गरगहनाकी धनि रहेको खुलेको छ । शान्ति मन्त्रालय सम्हालेकी यादवसंग सुन चाँदी र हिराको गरगहना प्रसस्तै रहेको सम्पत्ती विवरण सार्वजनिक भएको छ ।
बुधबार सार्वजनिक गरीएको विवरण अनुसार यादवसंग सात थान हिराको औठी, ५३ तोला सुन र १ सय ९२ तोला चाँदी रहेको उल्लेख छ । मन्त्री यादवसंग ८३ हजार ३ सय ७८ रुपैयाँ ३३ पैसा बैंक मौज्दात रहेको छ । राष्ट्रिय वाणिज्य बैंक सिराहा शाखा र एभरेष्ट बैंक काठमाण्डौमा उक्त नगद रहेको उल्लेख छ ।
मन्त्री यादव १८ लाख ९९ हजार पर्ने मारुति कारमा सवार हुन्छिन्, एभरेष्ट बैंक बाट ऋण लिएर किनेको उक्त कारको १३ लाख तिर्न भने बाँकी रहेको यादवले विवरणमा बताएकी छन् ।

दुईवटा घर

मन्त्री यादवको २ वटा घर रहेको छ । गृहजिल्ला सिराहामा एउटा आफ्नो र अर्को छोरीको नाममा घर रहेको मन्त्रीले विवरण पेश गरेकी छन् । आफ्नो नाममा सिराहा नगरपालिका १५ मा १० आना जग्गामा एकतल्ले पक्की घर छ भने छोरी पुष्पा यादवको नाममा सिराहा नपा १ मा ३ आना १० दाममा फैलिएको तीन तल्ले पक्की घर रहेको छ ।

साढे १२ विगाह जग्गा, उपत्यकामा ४ आना

मन्त्री यादवको सिराहामा आफ्नै नाममा १२ बिगाह भन्दा बढी जग्गा रहेको छ । सिराहा जिल्लाको सिराहा नगरपालिकामा विभीन्न ३५ कित्तामा १२ बिगाह १४ कठ्ठा ९ धुर जग्गा रहेको छ ।
त्यस्तै ललितपुरको सैबुमा साढे चार आना जग्गा छ । त्यसको मूल्य जम्मा १० लाख मात्र उनले आफ्नो जग्गा विक्री र कृषि आम्दानीबाट किनेको विवरण दिएकी छन् ।

मन्त्री यादवको सम्पत्ति विवरण पूरा हेर्नुहोस

sita-devi-yadav