जेष्ठ ६, २०८१ आईतबार

महिलामैत्री सञ्चार निर्देशिका बन्दै



woman_journalist

१ पुष,  काठमाडौं–प्रेस काउन्सिल नेपालले राजधानीमा ‘सञ्चारमाध्यमले पालना गर्नुपर्ने महिलासम्वन्धी निर्देशिका तथा पत्रकारितामा महिलाको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीले मिडिया अझैं महिलामैत्री हुन नसकेको धारणा राख्दै सामाजिक चेतनाका लागि सशक्त रुपमा कलम चलाउनुपर्ने र पत्रकारितामा महिलाको सम्मानजनक उपस्थिति हुनुपर्नेमा जोड दिए ।

सञ्चारमाध्यमलाई बढी जिम्मेवार र जवाफदेही बनाई महिला हिंशाको निराकरण गर्न सञ्चारमाध्यमले पालना गर्नुपर्ने महिलामैत्री पत्रकार आचारसंहिताको मस्यौदा प्रस्तुत गर्दै काउन्सिल सदस्य शुुभेच्छाविन्दु तुलाधरले गोपनियताको विषयलाई पेशासँग जोडेर समाचार बनाईनु नहुने भन्दै महिलाको मर्यादा, सामाजिक इज्जतमा आँच पुग्ने कार्यको निर्मूल गर्न आचारसंहिता जारी गर्न लागेको बताइन् ।

पत्रकारितामा महिला पत्रकारको अवस्था र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्दै मीरा राजभण्डारीले नेपाली  पत्रकारितामा महिलाको उपस्थिति र सुरक्षा चुनौति जटिल बन्दै गएको बिचार व्यक्त गरिन् । त्यस अवसरमा काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाई, गोरखापत्र दैनिकका प्रधान सम्पादक पुस्कर माथेमा, अग्रज पत्रकार चक्रपाणी नेपाल, मानब अधिकार सञ्चार प्रतिष्ठानका अमृता लम्साल, पत्रकारहरु सुनिल महर्जन, प्रेमकुमारी घले, शंकर खनाल, राधा चालिसे र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले टिप्पणी गरेका थिए ।