जेष्ठ ६, २०८१ आईतबार

नेपाल र मलेसियाको राष्ट्रिय महिला फुटबल टोली शनिबार मैत्रीपूर्ण खेल खेल्दै



mahila-football-teal पुस, काठमाडौं – भारतको सिलगुढीमा आयोजना हुने चौथो महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टिमले भोली मलेसियाको महिला राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउसो दुई बजे सुरु हुनेछ । नेपाल र मलेसियाबीचको खेल हेर्न आउने दर्शकको लागि एन्फाले ३ सय र ५ सयको टिकट दर छुटाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहमा मलेसियाको महिला फुटबल टोली साफको तयारीमा रहेको नेपाली टोलीसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको हो । मलेसियाको महिला टोली विहीबार नेपाल आइपुगेको थियो । शनिबार हुने खेलका लागि आफ्नो टोली तयार रहेको विहीबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टोलीले जनाएका छ ।

विहीबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले मलेसियासँगको खेलले नेपाललाई धेरै फाइदा हुने बताउँदै शनिबार नयाँ खेलाडीको डेब्यु हुनसक्ने बताए । “मलेसियासँगको खेलले साफ च्याम्पियनसिपको लागि हामीलाई धेरै फाइदा  हुनेछ,” थापाले भने, “भोली टोलीका केही नयाँ खेलाडीले डेब्यु गर्नेछन् र, मलाइ विश्वास छ उनीहरुले मैदानमा आफ्नो कौशल देखाउने छन् ।”

मलेसियाका मुख्य प्रशिक्षक मोहद अस्यापÞर्m अब्दुल्लाहले नेपाल बिरुद्ध आफूहरुलाई नौलो अनुभव हुने भएपनि फलदायी हुने बताए । “हामी साफ क्षेत्रको तीन पटकको फाइनलिस्टसँग प्रतिस्पर्धा गर्दैछौं । यो हाम्रो लागि बिलकुलै नौलो अनुभब हुनेछ,“ अब्दुल्लाहले भने, “तर हामीलाई यस खेलले फलदायी हुनेछ ।” यस्तै अब्दुल्लाहले नेपालबिरुद्ध मैदान ओर्लदा आफ्नो टोलीमा ९ खेलाडी परिवर्तन गरेको भएपनि टोलीको प्रदर्शन उत्कृष्ट रहने बताए  ।

साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले रेनुका नगरकोटीको कप्तानीमा २० सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भुटान, माल्दिभ्स र श्रीलंका छन् । २६ डिसेम्बारबाट भारतको सिलगुढीमा हुने प्रतियोगितामा नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै २८ डिसेम्वरमा माल्दिभ्स तथा ३० डिसेम्वरमा श्रीलंकासँग खेल्नेछ ।