जेष्ठ ४, २०८१ शुक्रबार

गुल्मीको आन्दोलनमा प्रहरी हस्तक्षेप,मालेकी सांसद विश्वकर्मा सहित २६ जना घाइते



काठमान्डौ २ पौष । सरकारले संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेश टुक्राउने प्रस्ताव गरेको विरोधमा आन्दोलनमा उत्रिएका गुल्मीका स्थानियलाई प्रहरीले बलप्रयोग गरी घाइते बनाएको छ ।

सरकारले संविधान शसोधन प्रस्ताब गरेको दिनदेखी नै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीविच १७ औँ दिन झडप भएको हो । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला प्रहरीले खुलाउन खोज्दा नेकपा मोलेकी नेतृ तथा सांसद कमला विश्वकर्मा सहित २६ जना घाइते भएको संघर्ष समितिले जनाएको छ ।

दुईहप्ता देखी गुल्मी जिल्लामा बसेर आन्दोलनको नेतृत्व गरीरहेकी सांसद विश्वकर्माले शान्तिपुर्ण आन्दोलनमाथि दमन गर्ने सिडियोको एक हप्ताभित्र सरुवा गर्न माग गरेकी छिन् । जिल्ला प्रशासनबाट बाहिरीदै गर्दा एक्कासी प्रहरीले लाठीचार्ज गरेको घाइते विकले बताईन् ।

उनीसंगै एमाले नेतृ मैना भण्डारी,नेपाली काँग्रेसकी धना भण्डारी लगायत चार जना प्रहरी पनि घाइते भएका छन् । गुल्मी जिल्लाका चार जना समानुपातिक तर्फका सांसद महिला भएपनि अन्य तिन जनाको उपस्थिति भने देखिदैन ।
शान्तिपुर्ण आन्दोलनमाथी दमन गरेको भन्दै सिडियोको सरुवा माग
आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावलको सरुवा माग गरेका छन् । शुक्रबारको आन्दोलनको नेतृत्व गरेकी मालेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन् ।

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १८ औं दिन हो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् । उनीहरुले बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई आग्रह गर्दै आएका छन् ।

2

3

1