जेष्ठ ५, २०८१ शनिबार

चाँडै सार्वजनिक जीवनमा फर्किने छु



sujataकाठमाडौं, ४ पुस –  क्यान्सरपीडित नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू क्यान्सर मुक्त भएको बताएकी छिन् । सिंगापुरमा भएको शल्यक्रियापछि आफू क्यान्सर मुक्त भएको सुजाताले सार्वजनिक गरेकी हुन् ।

आफ्ना शुभेच्छुकलाई धन्यवाद दिदै सुजाताले भनेकी छिन्, ‘भगवानको आर्शीवाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु ।’ कोइरालाको सिंगापुरमा क्यान्सरको उपचार भएको हो । उनको पहिलो स्टेजको ‘ब्रेस्ट’ क्यान्सरको उपचार भइसकेको छ । उनको ‘ब्रेस्ट’मा क्यान्सर देखिएपछि सरकारले उपचारका लागि ५० लाख दिने निर्णय गरेको थियो ।

‘पहिलो स्टेजको ‘ब्रेस्ट’ क्यान्सरको उपचार क्रममा ‘म्यासेक्टोमी’ पश्चात विभिन्न टेस्टको क्रममा मेरो ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो,’ सुजाताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘भर्खरै मात्र दोस्रो ‘अपरेशन’मार्फत् यसको पनि सफल उपचार भएको छ ।’

चाँडै सार्वजनिक जीवनमा फर्किने समेत जुजाताले बताएकी छिन् । ‘चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु’, सुजाताले सबैलाई धन्यवाद दिदै भनेकी छिन्,‘तपाईंहरुको सदभाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ । यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु ।’