बैशाख २७, २०८१ बिहीबार

महिला, बालबालिकासँग सम्बन्धित विषयमा शोधपत्र र इन्टर्नसीपको अवसर



mowcswकाठमाडौं – महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विद्यार्थीलाई शोधपत्र लेख्न आर्थिक सहयोग दिन थालेको छ । ०७२ देखि मन्त्रालयले विद्यार्थीलाई महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता र गैरसरकारी संस्थाका विषयमा जानकारी गराउने उद्देश्यले शोधपत्र लेखनका लागि आव्हान गर्न थालेको मन्त्रालयका अधिकृत शोभा पोखरेलले जानकारी दिनुभयो ।

यसैगरि मन्त्रालयले मन्त्रालयले मन्त्रालयभित्रै वा अन्र्तगतको कार्यक्षेत्रमा तीन महिना इन्टर्नसीपका लागि विश्वविद्यालय वा कलेजमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ९ जना विद्यार्थीलाई संलग्न गर्न थालेको हो ।

मन्त्रालयले प्रकाशित गरेको एक सूचना अनुसार सामाजिक विज्ञानका विषय समाजशास्त्र, मानवशास्त्र, कानुन, अर्थशास्त्र, लैङ्गिक शिक्षा (जेन्डर स्टडी), सामाजिक सेवा (सोसल वर्क) लिएका विद्यार्थी इन्टर्नसीपमा सहभागी हुनसक्ने र कुनैपनि विषयमा स्नातकोत्तर गरिरहेका विद्यार्थीले शोधपत्र का लागि निवेदन दिन सक्नेछन् । मन्त्रालयका अनुसार इन्टर्नसीपमा सहभागी हुने विद्यार्थीलाई यातायात तथा खाजा खर्च बापत प्रति महिना एकमुष्ट ७ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

यसैगरि, स्नातकोत्तर तह अन्तिम वर्षमा अध्ययनरत ६ जना विद्यार्थीलाई शोधपत्र का लागि आर्थिक सहयोगवापत शोधपत्र प्रस्तुतिकरण मन्त्रालयमा पेश गरेपछि २५,००० रुपैयाँ उपलब्ध गराइने छ ।

अधिकृत पोखरेलका अनुसार गत वर्ष ३ वटा सोधपत्र र ६ जनालाई इन्टर्नसीपको अवशर दिइसकिएको छ । यो वर्ष इन्टर्नसीपका लागि १५ वटा निवेदन आइसकेको र शोधपत्र का लागि पनि निवदेन आउन थालेको पोखरेलले बताउनुभयो । शोधपत्र र इन्टर्नसीप दुवैको लागि निवदेन दिने आज अन्तिम दिन हो ।