जेष्ठ ६, २०८१ आईतबार

नेपाली राजदुतकी स्वकिय सचिव राष्ट्रपति विरूद्धको आन्दोलनमा 



Aakrit Khanalवासिंटन डिसी  – अमेरिकामा नेपाली राजदुतकी स्वकिय सचिव राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्धको आन्दोलनमा सहभागी भएकी छन् । अमेरिकालागि नेपाली राजदूत अर्जुन कुमार कार्कीकी स्वकिय सचिव आकृत खनाल अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्धको आन्दोलनमा सहभागी भएकी हुन् ।
नयाँ राष्ट्रपति ट्रम्पले सपथ ग्रहण गरेको दोश्रो दिन ट्रम्प बिरुद्ध गरिएको आन्दोलनमा सहभागी भएकी थिर्इन । अमेरिकाको कानुन अनुसार बिदेशी नियोगमा काम गर्ने कर्मचारीहरुले आन्दोलनमा भाग लिनु कुट नितिक मर्यादा विपरित मानिन्छ। तर उनले आफू अमेरीकी नागरीक भएकोले आन्दोलन गर्न पाउने दावी गरेकी छन् । ‘म अमेरिकन नागरिक हुँु र अमेरिकन भोटर भएका कारण महिला अधिकारकालागी मैले सहभागिता जनाउँछ पाउँछु’ खनालले भनिन ‘म दूतावासको कर्मचारी मात्र हुँ, डिप्लोम्याट होइन। मैले शान्तिपुर्ण मार्चपासमा भाग लिन पाउँछु।’
अमेरिकाका लागी अर्जुन कुमार कार्की राजदूत भएलगत्तै स्थानिय कर्मचारीका रुपमा आकृती खनाल दूतावासमा काम गर्दै आइरहेकी छन्। राजदूत कार्कीले भने यसबारे प्रतिक्रिया जनार्इसकेका छैनन ।