बैशाख १, २०८१ शनिबार

जन्मघर पुगेकी समाभुख धरधरी रून थालेपछि गाउँ नै रोयो (भिडियो)



Onsari

सानो छँदा स‌ंगै भाँडाकुटी खेलेका, संगै मेलापात, गोठालो हिँडेका संगीहरु र ती दिन स‌ंझदा सबैलार्इ रोउँ रोउँ लाग्छ । गाउँका साथीस‌ंगी, आफन्त मान्यजन लामो समयपछि गाउँ पुग्दा धेरै भेट हुँदैनन् । पुराना दिन सम्झेर सबैको झल्कोले विरह लाग्छ ।
त्यसमाथी समाज परीवर्तनका लागि भनेर १० वर्ष स‌ंगै लुक्दै छिप्दै हिँडेका, एकै विस्तारामा गुडुल्कीएका, भोकै बस्दा स‌ंगै बसेका, खाने संयोगमा स‌गै एउटै थालमा खाना खाएका, देश परीवर्तन गर्ने कसम खाएर लड्दा लड्दै आफ्नै आँखा सामु ढलेर कहिल्यै नफर्किएका दिन स‌ंझदा कस्तो अनुभूति होला ?  ति साथी अहिले आफ्ना वरीपरी छैनन भने कति पिर पर्छ होला त्यो पिर ब्यथा सभामुख ओनसरी घर्तिको यो भिडियोमा देखिन्छ । जव उनी रोल्पा पुगिन् आफ्नो मार्इति गाउँ, उनी ति दिन सम्झेर रोर्इन । जव उनी रोइन गाउँल सारा उनीस‌ंगै रोए । हेर्नुहोस यो भिडयो ।