चैत्र १५, २०८० बिहीबार

स्ववियू चुनाव : गुल्मीमा महिलाबाट बिजय शुरुवात



sirjana ghimireगुल्मी – यसपटकको स्ववियू चुनावमा गुल्मीका क्याम्पसमा पहिलो सभापति महिला निर्वाचित भएकी छन् । जनज्योती बहुमुखि क्याम्पस पूर्कोटदहमा सिर्जना घिमीरे जिल्लामै पहिलो सभापति निर्वाचित भएकी छन् ।

उक्त क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले सहमतिमा स्ववियू चुनेका हुन् । नेपाल विद्यार्थी संघले भने चुनावमै भाग नलिएकोले दुई अखिलले सहमतिमा स्ववियू गठन गरेका हुन् ।

सर्वसम्मत निर्वाचित स्ववियू उपसभापतिमा क्रान्तिकारीका  रीम बहादुर जिसी सचिव अखिलका यूवराज घिमीरे, कोषाध्यक्ष शारदा सेन र सह सचिव अनिता केसी रहेका छन् । सदस्यहरुमा शंकर केसी, समुद्र कुँवर, तुलसा केसी, सविता पन्थी, उर्मिला सेन र अस्मिता सेन रहेका छन् ।