बैशाख २३, २०८१ आईतबार

१३ बर्षीया बालिकालाई खोला किनारमा लगेर बलत्कार गर्ने पक्राउ



rape

जाजरकोट – जाजरकोटमा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । भेरीमालिका नगरपालिकाकी बालिकालाई बलत्कार गरेको अभियोगमा भेरीमालिका नगरपालिका ११ मटेलाका इन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो बालिकालाई फकाएर नजिकै रहेको मटेलास्थित भेरीनदीको किनारमा लगेर बलत्कार गरेको पीडितका बाबुको भनाइ छ।

सुस्त मनस्थिति भएकी बालिका स्थानीय विद्यालयको सात कक्षामा अध्ययनरत छिन्। बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा बलात्कृत भएको पुष्टि भएको चिकित्सकले बताएका छन्।

पीडित पक्षले जर्बजस्ती करणी उद्योगमा किटानी जाहेरीसहित प्रहरी कार्यालयमा मुद्दा दायर गर्ने तयारी गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । यसअघि केही महिना अगाडी मात्र जिल्लाको झाप्राकी १४ बर्षीय बोल्न नसक्ने बालिका बलत्कृत भएकी थिइन् ।