जेष्ठ ६, २०८१ आईतबार

माओवादीका चर्चित नेतृहरु समानुपातिकमा लड्दा पम्फा भुसाल प्रत्यक्षमा किन ?



pampha

काठमाडौं – माओवादी केन्द्रका धेरै नेता युद्ध लडेर आएका हुन । त्यसैले महिला पुरुष सबैको संघर्ष उस्तै छ । साहसी महिलाको रुपमा आफ्नो पहिचान बनाएका महिलाहरु प्राय सानातिना उल्झनबाट तर्सिदैँनन्, बरु डटेर लड्छन् ।

जनयुद्धमा बन्दुकको लडाई लडेपनि अहिले बिचारको लडाई लड्ने बेला कतिपयलाई अरुको सहारा वा आरक्षण आवस्यक परेपनि केही महिला त्यस्ता छन जो पुरुष सरह जुनसुकै बैचारीक लडाई लड्न पनि सक्षम छन् ।

बन्दुकको युद्ध वा विचारको युद्ध सबै लड्न एक्लै सक्षम मध्येकी एक हुन पम्फा भुसाल । सँधै क्षमताको लडाई लडेकी भुसाल यसपटकको निर्वाचन पनि त्यस्तै साहसका साथ लड्ने भएकी छन् ।

संगै युद्ध लडेका कतिपय महिला समानुपातिको बन्द सूचिमा सिफारीस भएर आफ्नो भावि साँसदपद सुरक्षित गरेपनि भुसाल भने ललितपुरबाट प्रत्यक्षमा चुनाव लड्ने भएकी छन् । ललितपुरको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा प्रत्यक्षमा चुनाव लड्नेगरी तय भएको हो । भुसालको सक्रियता र क्षमताले गर्दा उक्त क्षेत्रबाट उनको जीत लगभग निश्चित जस्तै भएको त्यहाँका स्थानीयको प्रतिकृया छ ।