जेष्ठ ४, २०८१ शुक्रबार

प्रतिनिधिसभाका लागि प्रत्यक्षमा लड्दै तीन हिम्मतवाली



काठमाडौं – नयाँ संविधान जारी भएपछिको पहिलो संघिय निर्वाचनमा ३ जना महिला प्रत्यक्ष चुनाव लड्ने भएका छन् । दुई चरणमा हुन लागेको निर्वाचन अन्तर्गत मंसिर १० गते हुने पहिलो चरणमा ३ जना महिला प्रतिनिधीसभाका लागि प्रत्यक्ष उम्मेदवारी दिएका हुन् ।

नेपाली काँग्रेसले २ जना र नेकपा माओवादी केन्द्रले एकजना महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका हुन् । नेपाली काँग्रेसबाट सरस्वती बजिमय र चम्पादेवि खड्का तथा माओवादी केन्द्रले कमला रोकालाई उम्मेदवार बनाएका छन् ।
खोटाङ्गकी उम्मेदवार बजिमय एमालेका विशाल भट्टराईसंग प्रतिस्पर्धा गर्दैछन् । बजिमय निवर्तमान साँसद समेत हुन् । त्यसैगरी बाग्लुङ्ग क्षेत्र नंं १ की उम्मेदवार चम्पादेवि बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. सूर्य पाठकसंग प्रतिस्पर्धा गर्दैछिन् । दोश्रो संविधानसभा निर्वाचनको चुनावी दौरानमा उम्मेदवार रहेका खड्काका श्रीमान हरीबहादुर खड्काको निधनपछि चम्पादेवि आफै चुनाव लडेर जीतेकी थिईन् ।

त्यसैगरी माओवादी केन्द्रले उम्मेदवार बनाएकी कमला रोका पश्चिम रुकुमबाट चुनाव लड्दैछिन् । रोकासंग काँग्रेसका गोपालजंग शाहले चुनावी प्रतिस्पर्धा गर्दैछन् । एमालेले भने ३२ जिल्लामा गठबन्धन गर्दा पाएका २१ सिटमा महिला उम्मेदवार बनाएको छैन ।  पहिलो संविधानसभाकी सभाषद पुन डा. बाबुराम भट्टराईको मन्त्रीमण्डलमा खेलकुद मन्त्री समेत भएकी थिईन् ।  हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधीत्व अनिवार्य गरीएपनि दलहरुले महिलालाई प्राथमिकता दिएको देखिँदैन ।