जेष्ठ ४, २०८१ शुक्रबार

राप्रपा छोडेर एमाले बनेकी कोमल ओलीले दिइन स्वतन्त्र उम्मेदवारी



komal

गायिका कोमल वलीले दाङ–३ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन्। वलीले भनिन्–एमालेले खेलवाड गर्यो, म अब स्वतन्त्र रूपमै दाङ– ३ मा उठ्ने भएँ। आफूलाई प्रत्यक्षमा चुनाव लडाउने भन्दै समानुपातिकको सूचीमा पार्टीले नराखेको उनले बताइन्।

‘मैले पाँच दिनअघि समानुपातिकका लागि फारम भरेकी थिएँ, तर पार्टीले तपाईँ समानुपातिकमा होइन प्रत्यक्ष लड्ने हो भन्यो,’ उनले भनिन्, ‘अहिले भने ममाथि खेलबाड भयो, म भर्खर राजनीति बुझ्दै छु।’

आफूले टिकट नपाएपछि एमाले नेता शंकर पोखरेलले सरी भनेको उनले बताइन्। ‘मैले सकिनँ, सरी  पार्टी अध्यक्षसँग कुरा राखिदिन्छु,’ पोखरेललाई उदृत गदै उनले भनिन्।

वली राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर महिना दिनअघि एमाले प्रवेश गरेकी थिइन्। गत फागुनमा भएको राप्रपाको महाधिवेशन उनी राप्रपा केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। रेडियो नेपालकी पूर्वसमाचारवाचिका वली चर्चित लोकगायिका हुन्।