जेष्ठ ४, २०८१ शुक्रबार

यी ‘हेभीवेट’ नेतृ जसले उम्मेदवारी दर्ता गराए



Ummedwari darta

काठमाडौँ- आगामी मंसिरमा हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभाका लागि विभिन्न दलका हेविवेट नेतृहरुले उम्मेदवारी दर्ता गराएका छन । यसरी उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी तथा फस्टलेडी आरजु देउवा, नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी तथा नेतृ बिना मगर लगायतले प्रतिनिधि सभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन । उनीहरुले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेद्वारी दर्ता गराएका हुन् ।

pampha bhusal_

ललितपुरका क्षेत्र नं ३ बाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने आरजु देउवाले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

Bina

माओवादी नेतृ बिना मगरले कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौँ क्षेत्र नं ८ को ख मा प्रदेश सभा सदस्यका लागि चुनाब लड्दैछिन ।

प्रमुख तीन दलबाट १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् ।

पहिलो चरण अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली ९ काँग्रेस बाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए ।

तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा एमालेबाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।  ।

यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी ९ डीना उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा  छन।

यसैगरी नेकपा  एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा  माओवादी केन्द्रले ललितपुर– ३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ ।

तीमध्ये कैलाली– १ मा महिला÷महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा काँग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिएका छन ।  यस अघि समानुपातिकबाट सांसद रहेका   दुवै जना अहिले प्रत्यक्षबाट उम्मेदवारी दिएका हुन् ।

यस्तै केहीअघि राप्रपा छोडी नेकपा एमाले प्रवेश  गरेकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ– ३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।

यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा काँग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ– १ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट उम्मेदवारी दिएका छन।

समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी काँगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् ।

संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।