जेष्ठ ४, २०८१ शुक्रबार

घर-माइती जे भनेपनि म जन्मेको ठाउँ हो,मैले प्रत्येक घरमा दाइजोको रुपमा भोट माग्छु:कोमल वली



komal

नेकपा एमालेले धोका दिएको भन्दै दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उमेदवारी दिएकी कोमल वलीले कुनैपनि हालतमा आफूले उमेदवारी नझिक्ने बताएकी छन् ।

विहीवार राष्ट्रिय झन्डा बोकेर घोराहीस्थित नेपाल वारको भवनमा उमेदवारी दर्ता गर्न गएकी वलीले उमेदवारी दर्तापछि पत्रकार संग कुरागर्दै चर्चित गायिका समेत रहेकी वलीले त्यस्तो बताएकी हुन ।

‘हालसम्म पार्टी मै छु, तर एमालेको नीति के छ रु थाहाँ छैन , कारवाही गर्न पनि सक्छ र त्यसको लागि म तयार छु ।’ झन्डै एक महिना अघि मात्रै एमालेमा पार्टी प्रवेश गरेकी वलीले भनिन् –‘तर, म अब कुनैपनि हालतमा उमेदवारी झिक्ने छैन ।’

नेता शंकर पोख्रेलका सामुन्ने अध्यक्ष केपी ओलीले प्रत्यक्ष वा समानुपातिक मध्ये एउटा दिने वचन गरेपनि अन्तिममा आएर धोका दिएको कोमल वलीको गुनासो थियो । प्रत्यक्षमा दाङ पार्टीले सिफारिस गरेर पठाएको थियो र केपी ओलीले फेरि प्रत्यक्षमा हार्ने खतरा रहने हुँदा समानुपातिकमा जाउ भनेको हुँदा असोज २९गते समानुपातिकमा फारम भरेर आएपनि अन्तिममा झुक्काएको उनले बताइन ।

‘ म चुनावमा लड्ने तयारीका साथ गाउँ गाउँमा कार्यक्रम गर्न व्यस्त भए, तर अन्तिममा आएर धोका भयो’, उनले थपिन ‘राजनीति मज्जाले भोग्दैछु र बुझ्दै छु, त्यसैले त यस्लाई डर्टी गेम भनिएको रहेछ ।’

उनले भनिन् । आफूले उम्मेदवारी दिएर जनमत परिक्षण गर्ने संकल्प गरिसकेको हुँदा अब आफू त्यसवाट ब्याक हुन नसक्ने उनले बताइन ।

म दाइजोको रुपमा हरेक घर वाट भोट माग्छु

आफूलाई उम्मेदवारका लागि उपयुक्त पात्र भएको दाबी गर्दे उनले हालसम्म विहे नगरेको हुँदा आफ्ना छोरा नातिका लागि केही जम्मा गर्नुपर्ने अवस्था नरहेको बताइन । उनले जे गरेपनि अब देश र देशवासीको लागि आफ्नो जीवन सर्मपन गर्ने उल्लेख गरिन ।

‘ अहिले सम्म विहे गरेकी छैन, मैले कसैका लागि केही जम्मा गर्नुपर्ने छैन र घर घरमा गएर दाईजोको रुपमा एक÷एक भोट माग्नेछु।’ कोमल वलीले भनेकी थिइन । उनले आफू कलाकार,पूर्व सञ्चारकर्मी र समाजसेवी समेत रहेको हुँदा त्यही दाइजो स्वरुप प्राप्त हुने मतले निर्वाचन जित्ने धारणा व्यक्त गरेकी थिइन ।