जेष्ठ ४, २०८१ शुक्रबार

पार्टी नछाडेको रञ्जुको स्पष्टोक्ती,जनतामा भ्रम फैलाउनेका विरुद्ध मुद्धा हाल्ने चेतावनी



Ranju_Darshana-2

काठमाडौ विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले सन्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् ।

फेसबुकमा प्रतिकृया लेख्दै उनले आफुहरु राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेका बेला केहि सन्चारमाध्यमले आफु लगायत पार्टीकै बदनाम गराउन लागेकाले आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।

फेसबुकमा प्रतिकृया लेख्दै उनले भनेकी छिन “हामी राष्ट्रिय पार्टी बनाउने अभियानमा छौँ, यो बेला कसैले रञ्जु लगायत पार्टी छाडेर जाँदै” भनेर समाचार लेखेको प्रति आफ्नो ध्यानाकर्षण भएको छ ।

ranju 2

शुक्रबार केहि सन्चारमाध्यममा विवेकशील साझा पार्टीका नेताद्वय उज्वल थापा र नेतृ रञ्जु दर्शना न्यौपानेले पार्टी छाड्दै भनेर समाचार प्रकासित भएको थियो ।

Ranj 1

उक्त समाचारको विषयलाई लिएर रञ्जुले सन्चारमाध्यम विरुद्ध नै मुद्धा हाल्ने चेतावनि समेत दिएकी छिन् । “केहि अनलाईनले हुँदै नभएको, जनतामा भ्रम फैलाउने खालका समाचार सम्प्रेषण गरेको थाहा पाए, अब त्यसको विरोधमा साइबर क्राइम अन्तर्गतको मुद्धा दायर गर्न कदम चाल्नेछु” उनले फेसबुकमा लेखेकी छिन् । उनि पार्टी छाड्दै भन्ने समाचार प्रकासित भएसंगै विभिन्न टिकाटिप्पणीहरु आएका थिए ।