जेष्ठ ४, २०८१ शुक्रबार

कांग्रेसको समानुपातिक बन्द सुचीमा दोहोरिएका यी हुन् १९ नेत्री



काठमाडौं –नेपाली कांग्रेसले दोस्रो संविधानसभामा निर्वाचन, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार बनेका दुई दर्जनजति नेतालाई प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोही सूचीमा दोहो¥याएको छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा दोस्रो संविधानसभाको बन्दसूचीमा परेका १९ महिला नेत्रीलाई अहिले पनि मौका दिएको हो।

यसरी दोहोरिएका महिला नेत्रीमा सुजाता कोइराला, चित्रलेखा यादव, शीला खड्का, दीपशीखा शर्मा, महेन्द्रकुमारी लिम्बु, मीना सुब्बा, डिला संग्रौला, उमा रेग्मी, रुक्मणिदेवी कोइराला, कल्याणी रिजाल, मञ्जु खाँण, मैना कार्की, सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, आशा विक, मीनाक्षी भा, नगिना यादव, मनोरमा शेरचनलगायत छन् ।

समानुपातिक उम्मेदवार सूचीमा दोहोरिएका सुजाता, चित्रलेखा, ,आशासहित आधा दर्जन बढी यसअघि पनि सांसद् बन्न सफल भएका थिए । तत्कालीन महिला संघकी अध्यक्ष संग्रौला, व्यवसायी भण्डारी, मञ्जु खाँणसहितका नेता भने सांसद् बन्नबाट बञ्चित भएका थिए।

सूचीमा कांग्रेसले मधेसी महिला कलस्टरको पहिलो नम्बरमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र दोस्रो नम्बरमा पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई राखेको छ । मधेसी महिलाको सूचीमा क्रमशः तेस्रो, चौथो र पाँचौं नम्बरमा मीनाक्षी झा, रीतादेवी गुप्ता कलवार र नगिना यादवको नाम छ।

खस आर्य महिलामा सुजाता अगाडि
पहिलो संविधानसभामा सुनसरीबाट पराजित भएपछि दोस्रोमा समानुपातिक सभासद बनेकी सुजाता कोइरालाको नाम खस आर्य महिलाको पहिलो नम्बरमा छ । केन्द्रीय सदस्य पुष्पा भुसााल, डिला संग्रौलाको नाम दोस्रो र तेस्रो नम्बरमा छ । त्यसपछि मीना पाण्डे, उमा रेग्मी, दीपशीखा शर्मा, रुक्मणीदेवी कोइराला, मञ्जु खाँण, शीला खड्का र कल्याणी रिजालको नाम क्रमशः छ।