बैशाख १७, २०८१ सोमबार

माछा पकाउँदैँ भोट माग्दै चर्चित नेतृ शान्ता चौधरी



shanta 2

काठमाडौ-अधिकांश मानिसहरुलाई चर्चित व्यक्तीहरुका सामान्य कुराहरु पनि रोचक लाग्ने गर्दछन । उनीहरुले गर्ने आन्तरिक र घरायसी कामहरु प्रति धेरैको चासो हुन्छ । अझ भन्ने हो भने चर्चित व्यक्तीहरुले खान पकाउछन कि पकाउदैनन ?

आफनो काम आफैँ गर्छन कि अरु मार्फत गर्छन भन्ने जिज्ञासा आम मानिसमा रहेको हुन्छ । यस्तै सबैको नजरमा चर्चित व्यक्ती हुन एमाले नेतृ शान्ता चौधरी । आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक तर्फकी उम्मेदवार चौधरीले गाउँ गाउँमा माछा पकाउँदै भोट मागिरहेको तस्बिर फेसबसक मार्फत सार्वजनिक भएको छ ।

shanta 1

एमाले नेतृहरु चौधरी र सुष्मा राइले गाउँमा माछा पकाउँदै गरेको फोटो सार्वजनिक भएको हो । प्रतिनिधि सभाका लागि दाङ क्षेत्र नम्बर २ वाट समानुपातिक उम्मेदवार बनेपछि अहिले चुनावी प्रचार प्रसारमा व्यस्त छिन् । एमालेभित्र सेलिबे्रट्री नेतृका रुपमा परिचित शान्ता चुनावी प्रचारको दौरानमा गाँउ गाँउमा छिन् । यसअघि साविक क्षेत्र नम्बर २ वाट संविधान सभाको दोस्रो निर्वाचन लडेकि शान्ता अहिले गाँउ पसेकी हुन् ।

fish
उनले फेसवुक मार्फत भनेकी छिन्–‘अव मैले डेरा गाँउतिर सारे, अहिलेपनि म थुप्रो दाजुभाई दिदिवहीनिहरु, आमावुबाको साथमा छु गाँउतिर’। कमलहरी बसेर लामोसमय सघर्षपुर्ण जिवन विताउदै यसअघि सभाषद सम्म बन्न सफल भएकी शान्ता अहिले चुनाव प्रचार थारु समुदाय केन्द्रित गरेकी छिन् । सबै वाम गठवन्धनका उम्मेदवारहरुले उनलाई प्रचारमा लैजान गरेका छन् ।

त्यही कारण पनि शान्तालाई अरुलाई भन्दा बढी भ्याइ नभ्याई छ । नेकपा एमालेकी केन्द्रिय सदस्य रहेकी उनको  एमाले केन्द्रिय कमिटिले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सुचिमा थारुवाट पहिलो नम्बरमा रहेको छ । पुर्व कमलहरी शान्तालाई यसअघी एमालेले २०६४ सालको पहिलो संविधान सभामा समानुपातिक सांसद बनाएको थियो ।