आश्विन १९, २०८१ शनिबार

एउटी ‘बोल्ड’ पुर्वसभाषद-जसले नबोलेरै धेरै गरिन्



गुल्मी-गुल्मीकी एक पुर्वसभाषद कमला विश्वकर्माले संविधान निर्माणका लागि दोस्रो पटक भएको निर्वाचनमा गृह जिल्लामा न कुनै सभा समारोह गरिन्, न कुनै आश्वसान नै बाडिन् । तर पनि उनले सभाषद भइसकेपछि जिल्लाको विकास निर्माणमा धेरै योगदान गरिन् । २०७० सालको निर्वाचन पछि उनी नेकपा मालेको तर्फबाट समानुपातिक सभाषद बनिन् ।

तर गुल्मी जिल्लामा उनलाई गुल्मीकी सभाषद भनेर चिन्नेको संख्या कम नै थियो । छायाँमा रहेरै जिल्लाको विकासका लागि काम गरिन् । उनी सभाषद भएपछि गुल्मीका सामाजिक संघ संस्थाले सम्मान कार्यक्रमको आयोजना गरे र उनलाई गुल्मी प्रति उत्तरदायी बन्न प्रेरित गरे ।

सायद त्यही प्रेसरकै कारण हुन सक्छ उनी पनि सभाषद भएपछि निरन्तर जिल्लाको गतिविधिमा सहभागी हुने,जिल्लाको विकास निर्माण,दलित,महिला,जनजातीका लागि बजेट विनियोजन गर्ने लगायतका काममा अग्रसर बनीन् । विश्वकर्माले जिल्लास्तरीय महिलाहरु देखी गाउँस्तरका महिलाहरुका लागि सांसद विकास कोषको रकम विनियोजन गरी काम गरेको स्थानिय बताउँछन ।

उनले विनियोजन गरेको बजेटले अरुको आँखा पर्न नसकेको ठाउँमा स्थान पाएको छ । संविधान संसोधनको मुद्धा चर्को रुपमा उठेका बेला विश्वकर्माले जिल्लामै गुल्मी जिल्लाको आन्दोलनको नेतृत्व समेत गरेकी थिइन् । आन्दोलनका बखत उनी घाइते समेत भएको बताउँछिन् । यो पटकको निर्वाचनमा भने उनी संघिय समाजवादी फोरमको तर्फबाट प्रदेशसभा तर्फकी समानुपातिक उम्मेदवार भएको बताइन् ।

………………………………………………………………

गहुँगोरो वर्ण, आकर्षक शरीर, एकदम लजाउने, सोझी, ईमान्दार छात्रा । त्यतिबेला त केटी मान्छेको ३२ लक्षण नै मानिन्थ्यो । रुपले राम्री, व्यवहारमा सफा सुग्घर, हेर्दा उनीभन्दा राम्रो विद्यालयमा कोही थिएन । उनी पानी पिउन जान लागेको थाहा पाउनेवित्तीकै विद्यालयका परीचर उनका पछिपछि जान्थे, आफैले गाग्रोको पानी सारेर अलग्गै उनलाई राखिदिन्थे अनि उनी धित मरुञ्जेल पानी पनि नपिई फर्कन्थिन ।

‘गाउँमा काम गर्दै पढ्दै गर्ने अवस्था थियो उ बेला, हामी एक डेढ घण्टाको बाटो हिँडेर स्कूल जान्थ्यौँ मावि पढ्दा’ उनी सम्झन्छिन ‘उनीहरुको व्यवहार देखेर दौडीदौडी स्कुल पुगेको तिर्खा पनि मेटाउन नपाईने ।’  देशमा भर्खर भर्खर पञ्चायत ढलेर प्रजातन्त्र आएको थियो तर संगैको साथीले गाग्रो समाएर आफै पानी सारेर खान्थ्यो । उनी भने अर्कैले दिएको पानी अंजुलीमा थापेरमात्र खान पाउँथिन, आफै गाग्रोमा सारेर खान पाउने अनुमति थिएन ।

धेरैलाई लाग्थ्यो एसएलसी पास गरेपछि कमलाको बाबुले राम्रै केटा खोजेर बिबाह गरीदिन्छन् । तर देशमा प्रजातन्त्र आएपछि पनि कमलाले स्कूलमा भोगेको अछुत व्यवहारले उनका बाबुलाई पिरोलीरह्यो । त्यसैले उनी छोरीलाई ज्वाईँको जिम्मा नलगाएर अन्यायको अन्त्य गर्ने अविभारा बोकाएर पठाए । उतिबेला हुर्केकी छोरी बिहेबारी गरेर पठाईहाल्ने धेरै आमाको जिद्धी हन्छ, तर दलित परीवारकी भएपनि उनकी आमाले ‘मेरो छोरीलाई पढाएर ठूलो मान्छे बनाउने हो’ भन्दै पढ्नका लागि बुटवल पठाईन् ।

बुटवलमा छोरीले पढ्दै थिईन् । मदन भण्डारीको हत्यापछि उनकी पत्नी विद्या भण्डारीले पाल्पामा पुगेर चर्को भाषण गरीन् । उनको भाषण सुनेपछि प्रभावित भए र बुवाले छोरीलाई भने ‘छोरी विद्या भण्डारी जस्तै राजनीति गर्नु ।’ संविधानसभा २०७० बाट कमला विश्वकर्मा संविधानसभा सदस्य भईन् ।

संविधानसभामा सपथ लिने बेला धेरै साथीले आफ्ना बा आमालाई काठमाण्डौ बोलाए, आफूले सपथ खाएको दृष्य देखाए, खुसी साटे तर उनलाई भने जीवनमा ठूलो पिडा भयो, एक्लै दुःख मनाउ गरीन् । ‘संविधानसभा सदस्य भएको दिन एकदमै दुःख लाग्यो किनकी आमाले मलाई ठूलो मान्छे हुनुपर्छ भनेर त्यो बेलामा पनि छोरीलाई पढाउनुभएको थियो बुबाले विद्या भण्डारी जस्तै हुन प्रेरणा दिनुभयो तर त्यो खुसी उहाँलाई देखाउन पाईन’ उनले भावुक हुँदै सभ्झिईन ‘के गर्नु प्रकृतिको नियम रोकेर पनि नरोकिँदो रहेछ ।’

उनी अर्थात कमला विश्वकर्मा । गुल्मी जिल्लाको हर्दिनेटामा जन्मेर दलित समुदायले भोग्नुपरेका अपमानहरु छिचोल्दै अहिले नेकपा मालेको तर्फबाट संविधान सभामा पुगिन् ।

पहिलो भाषणपछि युद्ध जितेझैँ भयो …………….

२०५१ सालमा दलित महलिा संघ (फेडो) स्थापना भएपछि शाखा गठन गर्न २०५२ सालमा बुटवल पुगेकी अम्बिका गजमिर संग उनको भेट भयो । संस्थामा बस्न आग्रह पनि गरीन् । तर भर्खर एसएलसि सकेर प्लस टु पढ्न बुटवल पुगेको मान्छे उनले स्विकार गरीनन् ।

पत्रकार महासंघका अध्यक्ष विनोद पहाडी, अधिकारकर्मी एमवि विश्वकर्मा लगायतले नलाई संस्थामा बसेमा आफूहरुले सहयोग गर्ने बताएपछि उनी अध्यक्ष नै भईन् । त्यो भन्दा पहिला २०४८ देखि नै उनी अनेरास्ववियू पाँचौको सदस्य भएर कहिलेकाही विद्यार्थीका कार्यक्रमहरुमा सहभागी हुन थालिसकेकी थिईन् ।

तर सक्रिय रुपमा कुनै संगठनमा काम नगरेकी कमलालाई संस्थाको पहिलो कार्यक्रममै निकै गाह्रो भयो । ‘पहिलो गोष्ठिमा काठमाण्डौबाट दुर्गासोफ, कला स्वर्णकार लगायतका दिदीहरु जानुभएको अनि त्यहाँ सिडिओ, नगरपालीकाको मेयरहरुका अगाडी बसेर बोल्नुपर्ने । एकदमै डर लाग्यो ।’ उनले आफ्नो संघर्षका शुरुका दिन सम्झिईन् ‘दिदीहरुले संगै बसेर यसरी गर्ने भनेर सिकाउनुभयो र लेखेर भाषण गरेँ, बोलेर सकेपछि ठूलै युद्ध जितेजस्तै भयो ।’ कार्यक्रमपछि सबैले राम्रो भयो भनेर हौसला दिएपछि भने अझ झन राम्रो गर्छु भन्ने लाग्यो र उनी अगाडी बढिन् ।

घमण्डीजस्तो देखिएपनि म त्यस्ती छैन……………

झट्ट हेर्दा स्वभावले धेरै एक्टिभ हैनन् । एकदम लजालु स्वभावको सोझी जस्तो । त्यो देखेर कतिले त उनलाई घमण्डी पनि भने तर उनी वास्तमबै सोझी हुन् ‘घरमा र आफन्तले कस्ती सोझी हो अलि टाठीबाठी भएपनि हुन्थ्यो भन्नुहुन्थ्यो’ उनी आफ्नै स्वभावबारे भन्छिन् ‘यो अवस्थामा म यति धेरै भाईको छोरी हो, घरमा पनि सबैले माया गर्नुहुन्छ भनेर फुरुक्क पर्ने भईन । घमण्ड भन्ने आएन ।

देख्दाखेरी घमण्डीजस्तो देखिएपनि म त्यस्ती छैन ।’ त्यसैले शुरु शुरुमा बोल्दाखेरी मलाई निकै समस्या भयो । पहिलो दिन बोल्दाखेरी भोली कसरी बोल्ने होला भनेर रातभरी सुत्न पनि गाह्रो भयो । ‘तर दाईहरुको प्रेरणाले यहाँसम्म आएँ’ उनी भन्छिन् ।  त्यो त काम गर्ने दौरानमा कति भए कति ।

सभाषद हुँदा अरु हाँसे, म रोएँ

२०४८ सालदेखि नै विद्यार्थी राजनीतिमा जोडिएपनि सक्रिय नभएकी उनी काठमाडौमा आईसकेपछि भने अलि सक्रिय भईन । ‘अव राजनीतिलाई पनि केही समय दिनुपर्छ भन्ने भयो र केही अन्तराष्ट्रिय सन्धि महासन्धिको विषयमा प्रशिक्षण दिन पनि थालेँ । त्यसपछि म राजनीतिमा पनि हिँड्न थालेँ ।’ उनी भन्छिन् ।  नेकपा मालेको केन्द्रिय पार्षद, भ्रातृ संगठन विभेद मुक्ति प्रगतिशिल समाजमा र महिला संगठनमा पनि आवद्ध हुँदै उनी संविधान सभा सदस्य सम्म भईन् ।

पाल्पामा विद्या भण्डारीको भाषण सुनेर छोरीलाई राजनीतिमा लाग्न सुझाव दिएका बाबुले भनेजस्तै उनी विद्या भण्डारीसंगै संविधानसभा सदस्यको रुपमा सपथ लिएको भने उनका बाबुआमाले देख्न भने पाएनन । यसमै उनलाई ठूलो अपशोच छ । ‘बुबाले भनेकी विद्या भण्डारी र म एउटै सभामा सदस्य भयौँ ।

आमाले त्यो बेला पनि छोरीलाई पढाएर यहाँसम्म पु¥याउनुभयो तर त्यो कुरा मेरो बुबाआमाले देख्न पाउनुभएन’ उनले भावुक हुँदै भनिन् ‘त्यसैले संविधान सभामा सपथ खाँदा अरु सबै खुसी भए तर मलाई एकदम दुःख लाग्यो र बिहानै उहाँहरुलाई संझेर सपथ खाएँ अनि संविधान सभा गएँ ।’

अर्को दिनपनि सबै सभाषदहरुले आफ्नो बुबाआमालाई काठमाण्डौमै ल्याएर आफ्नो प्रगतीको खुसी बुबाआमालाई देखाउँदा, फेसबुकमा आमासंगै बुबासंगै भनेर फोटो राख्दा उनलाई दुःख लाग्यो । ‘मैले त्यो खुसी देखाउन पाईन । त्यो अभाव छ । तर त्यो प्रकृतिको नियम हो । ’ उनले आफ्नो मन सम्हालिन् ।